शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यु १४ फुटबल प्रतियोगिता : छात्रतर्फ लिग चरण सम्पन्न

यु १४ फुटबल प्रतियोगिता : छात्रतर्फ लिग चरण सम्पन्न

प्रतियोगितामा छात्रतर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार, छात्रातर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८२, सोमबार

पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ लिग चरणका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् ।

समूह ए बाट बालकल्याण मावि विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बालकल्याणले ३ खेलमा ३ जितसहित कुल ९ अंक जोड्दै समूह विजेता बनेको हो । भद्रकाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्दा समान अंक रहेको स्नोभ्यू र शान्तिदिप गोलअन्तरको आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रह्यो ।

समूह बी बाट शैनिक आवासिय ९ अंक र हेम्जा बोर्डिङ ४ अंकका साथ प्रथम र दोस्रो स्थानमा रह्यो । सिर्जना सेकेन्डरी स्कूल ३ र कुम्दिनी होम्स १ अंक बटुल्दै बाहिरियो ।

समूह सी बाट सोसल पब्लिक र फिस्टेल एकेडेमी अघिबढ्दा त्रिभुवन मावि र डायमण्ड बाहिरियो । समूह डीबाट शिशुकल्याण बोर्डिङ र बालोदय अघि बढ्दा अल्फा र सिद्धिविनायक बाहिरियो भने समूह इ बाट गण्डकी र कालिकाले स्थान बनाउँदा सगरमाथा र रिलायन्स बाहिरियो । तालिकाको एफ बाट शिशुकल्याण मावि र गुरुकुलले स्थान पक्का गर्दा बेसलाइन र शान्ति निकुञ्ज बाहिरिएको प्रतियोगिताको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए ।

उनका अनुसार मंगलबारदेखि नकआउट चरणका खेलहरु हुनेछन भने छात्रा तर्फको खेलसमेत हुनेछन् । प्रतियोगितामा छात्रातर्फ ६ र छात्रतर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा छात्रतर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रातर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->