शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छात्रातर्फ लिग चरण सुरु, छात्रको प्रिक्वाटरफाइनल सम्पन्न

छात्रातर्फ लिग चरण सुरु, छात्रको प्रिक्वाटरफाइनल सम्पन्न

अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८२, बुधबार

पोखरा/पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ ।

मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिङ स्कुललाई २–१ गोलले हरायो । दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १–० ले हरायो ।

पोल बितर्फ भएको खेलमा हेमजा बोर्डिङले बालोदयलाई २–० ले हराउँदा बालकल्याणले गुरुकुललाइ ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।

त्यसअघि छात्रातर्फ मंगलबार विहान भएको खेलमा त्रिभुनव शान्ति माविले सेन्ट मेरिजलाई ३–१ ले हराएको छ । यस्तै दोस्रो खेलमा सैनिकले वेशलाइन एकेडेमीलाई ७–० को फाराकिलो गोलअन्तरले हराएको छ ।

प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->