शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारणसभा

क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८२, शनिबार

बागलुङ/जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास र प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य आवश्यक रहेको बताए ।

उनले विद्यालयस्तरमै क्रिकेटलाई प्रोत्साहन गरेर मात्र सक्षम खेलाडी तयार गर्न सकिने भन्दै खेल पूर्वाधार विस्तार र अवसर प्रदानमा नगर खेलकुद विकास समितिको सक्रिय भूमिका रहने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले खेलाडीहरूको मेहनत र लगनलाई उचित पहिचान दिलाउन सञ्चारकर्मीहरू सधैं सकारात्मक साथमा रहने बताए । संघका सल्लाहकार विजय राज पन्तले जिल्लामा क्रिकेटलाई अझ व्यवस्थित बनाउन नेतृत्व तहमा पारदर्शिता र जिम्मेवारी महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए ।

संघका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघका उपाध्यक्ष कमल राज पन्त र सञ्चालन सदस्य अभिषेक कटवालले गरेका थिए । सो अवसरमा पूर्व खेलाडी रिम थापा र मिलन थापा, वर्ष उदयमान खेलाडी रमित कँडेल तथा वर्ष खेलाडी अश्विन थापालाई सम्मान गरिएको थियो ।

साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष सन्तोष शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव फरिन्द्र बहादुर खड्काले वार्षिक प्रतिवेदन र आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->