शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मैत्रीपुर्ण फुटसल पत्रकार महासंघले जित्यो

मैत्रीपुर्ण फुटसल पत्रकार महासंघले जित्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८२, शनिबार

बागलुङ/बागलुङ जेसीजको आयोजनामा भएको मैत्रीपुर्ण फुटसलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा विजयी भएको छ । जेसीज कार्यसमिति र महासंघ कार्यसमितिबीच भएको खेलमा महासंघले जेसिजलाई ६–२ गोलले पराजित गरेको हो ।

महासंघका लागि सर्वाधिक गोल संगम घर्तीमगरले गरेका थिए । खेल जितेर महासंघले ट्रफी, मेडल र प्रमाण्पात्र पायो । बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेलले खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले खेलले शारिरीक र मानसिक स्वस्थ्य बनाउने भन्दै खेललाई निरन्तरता दिंदै अन्य पेशागत काम गर्न आग्रह गरे ।

जेसीजले वर्ष २०२५ को सप्ताह संचालन गरिरहेको छ । सप्ताहअन्र्तगत युवा सम्मान, स्लो बाइक रेश, स्व्चछ बच्चा प्रतिस्पर्धा लगायतका कार्यक्रम गरिसकेको छ । आइतबार मेयरसँग बालबालिका कार्यक्रम हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->