शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो पर्वतीय दौड असोज ११ गते

दोस्रो पर्वतीय दौड असोज ११ गते

जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

पोखरा/दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मितिभन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ ।

जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो ।

मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ । साथै, गत भदौ २३ र २४ गते जेन–जीको आन्दोलनका क्रममा सहादतप्राप्त गर्नेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हालसम्म ७५ जना धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् । आयोजकले २५० जनासम्म धावकलाई व्यवस्थापन गर्ने भएको र फस्ट कम फस्ट सर्भिसका आधारमा २५० संख्या नपुग्दासम्म पुनः फर्म खोलिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->