बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

वाङचुलाई स्नूकरको उपाधि

वाङचुलाई स्नूकरको उपाधि

खेलकुदको शहर पोखरामा सम्पन्न फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भए ।


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८२, बुधबार

पोखरा/काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।

वेष्ट अफ इलाभेनको आधारमा भएको फाइनल खेलमा जीत हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाडे । उनीहरुले नगद १०/१० हजार पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गरेका थिए ।

ड्यामसाइड क्लवका अध्यक्ष रमेश बरालसहितका अतिथिको कार्यक्रममा सहभागिता रहेको थियो । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रालिको आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->