शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

४ देशका १ सय ३० जना सहभागि हुँदै

४ देशका १ सय ३० जना सहभागि हुँदै

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८२, शुक्रबार

पोखरा/विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले शुक्रबार बिहान १० बजेसम्म अनलाइनमार्फत् फाराम भर्न सक्ने छन् । सहभागि हुने धावकहरुले पोखरा ९ बाँस्तोलाथर सिल्भर प्लेट पार्टी प्यालेससंगै रहेको संस्थाको कार्यालयबाट चेष्ट नम्बर लिनको लागि बिहान ८ः०० बजे देखि बेलुका ४ बजेसम्म लिन सक्ने संयोजक बरालले जनाए ।

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका हुन् । नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । खुल्लातर्फ ५४ जना, महिला खुलातर्फ मात्र ७ जना, यू–१६ तर्फ १८ जना, विदेशी पर्यटक ३ जना, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ जना र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था छ ।

यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङ सम्मानित हुने छन् । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको हो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित भएका थिए ।

प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।

गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->