शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ समाजको आयोजनामा पालिकास्तरीय भलिबल हुने

बागलुङ समाजको आयोजनामा पालिकास्तरीय भलिबल हुने

पालिका स्तरीय खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने द्वितियलाई १ लाख र तृतियलाई ५० हजार नगद पुरस्कार दिइने थापाले बताए । खेलमा सान्त्वना हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

बागलुङ/बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्लाभित्रका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगता गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर समाजका सचिव तथा खेल उपसमितिका संयोजक राजु थापाले उक्त जानकारी गराएका हुन् । जिल्ला भविल संघको व्यवस्थापन, बागलुङ नगरपालिका र जिल्ला खेलकुँद बिकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गते समम खेल प्रतियोगिता संचालना ल्याइने भएको हो ।

पालिका स्तरीय खेलका लागि यो सर्वाधिक पुरस्कार राशीको खेल हुनेछ । बागलुङका १० पालिकाबीच लिगकम नकआउट प्रतियोगिता गर्न लागिएको हो । पालिका स्तरीय खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने द्वितियलाई १ लाख र तृतियलाई ५० हजार नगद पुरस्कार दिइने थापाले बताए । खेलमा सान्त्वना हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् । खेलमा सहभागिता जनाउने सबै टिमलाई २५ हजारकोदरले भत्ता समेत उपलब्ध गराउने जनाइएको छ ।

समाजले हरेक २ बर्षमा प्रतियोगिता गर्ने समेत उनले जानकारी दिए । हरेक २ बर्षमा समाजको अधिवेसन हुने र त्यो समयमा सबै सदस्य र पदाधिकारी आएको मौका पर्ने भएकोले सोही समयमा प्रतियोगिता गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआबासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुँद क्षेत्रमा लगानी गर्दै आएका छन् । खेलमा उत्कृष्ठ खेलाडीलाई १० हजार, बिधागत उत्कृष्ठलाई ५ हजारका दरले पुरस्कार दिइने छ ।

पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवद्र्दन गर्ने लगायतको फाइदा हुने बताए । हाल निर्माण सम्पन्न भएर संचालनमा आइरहेको बागलुङ बसपार्क रहेको दावगरामा खेल आयोजना गरिएकोले उक्त स्थानको समेत प्रवद्र्दन हुने जनाइएको छ ।

अन्तराष्ट्रिय बागलुङ समाज, खेलकुँद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुँद बिकास समितिका सचिव किसोर छन्त्यालको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->