बागलुङ/नेपाल तेक्वान्दो संघ, जिल्ला शाखा बागलुङको आठौं साधारणसभा तथा ५ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा सुमन बाँस्कोटा, सचिवमा अनिता घिमिरे, सहसचिवमा लालबहादुर बस्याल र कोषाध्यमा कृष्ण केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लोकेन्द्र थापा, सुवास श्रेष्ठ, लालबहादुर मोक्तान, गणेशबहादुर क्षेत्री र दिपशिखा घर्तीमगर रहेका छन् । बाँकी सदस्य पछि मनोनयन गर्ने गरी अधिवेसन सम्पन्न भएको निर्वाचन समितिका सदस्य संजीव श्रेष्ठले जानकारी दिए । संघले अधिवक्ता प्रकाश बराल र संजिव श्रेष्ठ रहेको निर्वाचन समिति बनाएको थियो ।
सो अवसरमा तेक्वान्दो संघका सल्लाहकार तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले खेल क्षेत्रको विकासमा खेलाडी र आम नागरिकको चासो बढ्नुपर्ने बताए । त्यसका लागि राज्य र सरकारले खेल क्षेत्रमा लगानी बढाउन आवस्यक भएको पनि बताए । उनले खेलाडी आर्कषित गर्न प्रशिक्षकहरु पनि बढाउनु पर्ने धारणा राखे । खेलले युवाहरुमा अनुशासन बढाउने उनको भनाइ थियो ।
संघका उपाध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, सचिव कल्पना श्रेष्ठको संचालन र सदस्य अनिता घिमिरेको स्वागतमा सम्पन्न उद्घाटन सत्रमा संघका गण्डकी प्रदेश सचिव गंगा गुरुङ, प्रशिक्षक पर्शुनारायण बोहोरा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष सुमन बास्कोटाले आर्थिक तथा प्रगती प्रतिवेदन पेश गरेकी थिइन् ।





