शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१० हजार डलरको फुटबल फेवा फुटबल क्लवले जित्यो

१० हजार डलरको फुटबल फेवा फुटबल क्लवले जित्यो

प्रतियोगितामा खुल्लातर्फ सर्वोत्कृष्ट गोलरक्षक गोकुल छन्त्याल, उत्कृष्ट खेलाडी सुमन अर्याल, सर्वाधिक गोलकर्ता बिमल राना र म्याद अफ दी म्याच गोकुल छन्त्याल घोषित भएका थिए ।


  • हरिकृष्ण गौतम
  • असोज २९ २०८२, बुधबार

म्याग्दी/अष्ट्रेलियाको सिड्नीमा रहेको प्रतिष्ठित फुटबल क्लब बेनी एफसीले थापनाको १० औ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको एनएस डब्लुकै सर्वाधिक धनराशीकोे खुल्ला उमेर समुह र ३५ बर्षभन्दा माथिको भेट्रान फुटबल प्रतियोगिता फेवा फुटबल क्लवले जितेको छ ।

म्याग्दीबाट पुगेका फुटबल प्रेमीले स्थापना गरेको क्लब स्थापनाको १० औ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा खुल्ला उमेर समुहमा आयोजक बेनी फुटबल क्लवलाई ०–२ गोल प्रहार गदैं फेवा फुटबलले उपाधी आफ्नो पोल्टामा पारेको हो ।

त्यसैगरी ३५ बर्षभन्दा माथिको भेट्रानमा निर्धारित समयमा गोल रहित बराबरमा टुंगिएपछि पेनाल्टी सुटआउटमा यति फुटबल क्लवलाई ३–४ गोलले उपविजेतामा सिमित गदैं फेवाले उपाधी जितेको छ । यति समुहबाट मैदानमा उत्रिएका नेपाली फुटबल टिमका पूर्व कप्तान सागर थापाको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो ।

प्रतियोगितामा खुल्ला र ३५ बर्ष उमेर समुहमाथिको खेलमा नेपाली राष्ट्रि«य टोेली तथा विभिन्न क्लवमा खेलेका अनुभवी खेलाडीहरूको सहभागिता रहेको बेनी फुटबल क्लवका उपाध्यक्ष हरि गिरीले बताए । प्रतियोगितामा खुल्लातर्फ सर्वोत्कृष्ट गोलरक्षक गोकुल छन्त्याल, उत्कृष्ट खेलाडी सुमन अर्याल, सर्वाधिक गोलकर्ता बिमल राना र म्याद अफ दी म्याच गोकुल छन्त्याल घोषित भएका थिए ।

विभिन्न विधाका विजेतालाई १५ सय डलर र ट्र«फी प्रदान गरिएको थियो । ३५ बर्षभन्दा माथिको भेट्रानमा उत्कृष्ट गोलरक्षक बिकास श्रेष्ठ, उत्कृष्ट खेलाडी कर्ण लिम्बु, सर्वाधिक गोलकर्ता योगेश गुरुङ, म्याद अफ दि म्याच युकेश श्रेष्ठ र अनुशासित टिम लेपिंगटन गोर्खा फुटबल क्लब रहेको छ ।

रे कर्पोरेट ग्रुपको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा खुल्लातर्फको बिजेतालाई १० हजार डलर, उपविजेताले ४५ सय डलर, ट्रफी, मेडल र प्रमाणपत्र तथा भेट्रान विजेतालाई ४ हजार, उपबिजेतालाई १५ सय डलर, ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिएको प्रतियोगिता संयोजक दिनेश खत्रीले बताए । बेनी एफसीका महासचिव प्रदीप अधिकारीले फुटबलसँगै क्लवमार्फत विभिन्न सामाजिक तथा मानवीय कार्य समेत गर्ने गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->