बागलुङ (खरबाङ)/रिभरहिल युवा क्लव बडिगाड गाँउपालिका २ खर्वाङले आयोजना गरेको खुल्ला फुटशल प्रतियोगिताको उपाधी लर्ड वाइट ‘सेतो’ हटियाले जितेको छ ।
क्लबको १८ औं बार्षिकोत्सव तथा दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा लर्ड वाइट ‘हरियो’लाई ४–३ गोल अन्तरले हराउँदै ‘सेतो’ले उपाधी जितेको हो । विजेताले नगद ३५ हजार ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक पवन सापकोटाले जानकारी दिए ।
फाईलनमा लर्ड वाइट ‘सेतो’ हटियाका दिप्लव जिसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत शनिबार भएको सेमिफाइलमा ‘सेतो’ले बाल संरक्षण मञ्च रिघा तथा ‘हरियो’ले आयोजक रिभरहिल युवा क्लव ‘बि’ हराउँदै फाइनलमा स्थान बनाएका थिए । प्रतियोगितामा आयोजकबाहेक कुल १७ समुहको सहभागिता रहेको थियो ।





