शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

देउसी भैलोको रूपान्तरण

देउसी भैलोको रूपान्तरण


  • याम बहादुर थापा मगर
  • कार्तिक २ २०८२, आइतबार

पहिले—तिहार आउँदा
गाउँभरि मकैको घोगा सुक्थ्यो,
बालबालिकाले बारी भरिका मकै टिप्थे,
भैलोको स्वर गुञ्जिन्थ्यो ।
भैलो भैलिनी, घरमा दान देऊनी ।
त्यो दान चामलको मुट्ठी, मकैको घोगा,
कहिलेकाहीँ सुकुटीको टुक्रा ।
पैसा त हामीले
दुई पैसा पाउन पनि भाग्य चाहिन्थ्यो ।
सुनको लिस्नो होओस्
लक्ष्मीले सदा बास होओस्
दान गरेर खान पुगोस्
भनेर भैलिनीले आशिर्वाद दिन्थ े।

भैलो केवल रमाइलो होइन,
सहकार्यको संस्कार थियो ।
मकै बेचेर बनभात पकाइन्थ्यो,
साझा हातले परिकार बाँडिन्थ्यो,
र गीतले गाउँलाई जोड्थ्यो ।
सादगी र सामूहिकताका धागोले ।

तर अहिले
लाउड स्पीकरमा कराउँछ डिजे भैलो
दान होइन, दरबार जस्तो सजावट मागिन्छ ।
बालापनको श्रद्धा हरायो,
सादगीको स्थानमा प्रदर्शनको बादल उठ्यो ।
देउसीभैलोको रकम सम्मानजनकले उपयोग गर्न
आम जनतामा सकारात्मक सन्देश दिन
कुरिती,कुचलन हटाउन माध्यम बनोस
जुवातास खेल्ने चलनचल्तीमा गिरावट आउने
धनको नाश र बनी बास बन्ने चलन हटोस्
स्वच्छ रमाइलोको चाडपर्व बनोस्
भाइ बहिनीको सम्बन्धलाई दिर्घकालिन बनोस
शत्रुहरू तेलको घेरा भित्र नआउन भन्ने
ओखर फोडेर खराबपन फुटोस्

बलि राजाले तिहार पठाएका थिए,
आफूभित्रको असुरता जलाउन,
मानवीय सद्भाव फैलाउन ।
तर आज,
यदि कसैले अझै पनि मुस्कान बाँड्दै,
साँचो गीत गाएर भैलो खेल्छ भने
त्यो नै हो बलि राजाको सन्देश,
सत्कर्मको उज्यालो,
अन्धकारमा झिलिमिली बलिरहेको
एक दीप दिपावली, तिहार, भाइटिका र देउसीभैलो ।

बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->