शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक रुम्बालाई स्वागत

पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक रुम्बालाई स्वागत


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार

पोखरा/अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो ।

रोजगारको शिलशिलामा हाल स्पेनमा बस्दै आएका रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं निन्टाइ कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनसीपमा प्रमुख प्रशिक्षका रुपमा उनले निभाएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकी अध्यक्ष एवं क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुवँरले जानकारी दिए । रुम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक( रेफ्री) को भूमिकामा सक्रिय रहँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको पनि उनले बताए ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले रोजगारीका लागि विदेश पुगे पनि रुम्बाले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाएको बताए ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताउँदै नेपालका सक्षम खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->