पोखरा/राष्ट्रिय पुरुष फटबल टिमका मुख्य प्रशिक्षक म्याट रसको राजिनामा पछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई जिम्मेवारी प्रदान गरेको छ ।
एक वर्षको सम्झौता गरेका रसले ८ महिनामै नेपाली टोलीको जिम्मेवारीबाट राजिनामा दिएका थिए । प्रशिक्षकविहिन भएको राष्ट्रिय टोलीको जिम्मेवारीका लागि शुक्रबार एन्फाले खड्का लाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
खड्काको प्रशिक्षणमा अब एएफसी एसियन कप छनोट नेपालले खेल्नेछ । रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएका थिए । एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । फागुन १८ गते एन्फाले पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षक रससँग सम्झौता गरेको घोषणा गरेको थियो । एक वर्षको सम्झौता भएपनि प्रशिक्षक रसले ८ महिनामा नै राजीनामा दिएका छन् ।
रसको कार्यकालमा नेपाली टोलीले ७ खेल खेलेको थियो । जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् ।
टोली सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरमाथि १–० को ऐतिहासिक जित निकालेको थियो । यो नै उनको लागि उत्कृष्ट नतिजा रह्यो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १–१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो ।
रसले केहि समय अगाडि जुन देशमा घरेलु लिग हुँदैन त्यो देशको फुटबलले नतिजा ल्याउन सक्दैन भनेर समेत भनेका थिए । यसअघि महिला टोलीका प्रशिक्षक प्याट्रिकले पनि एक टुरपछि नै राजीनामा दिएका थिए ।





