शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लिटिल स्टेपमा विविध खेलकुद

लिटिल स्टेपमा विविध खेलकुद


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/पोखरा ८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयमा विविध खेलकुद कार्यक्रम सुरु भएको छ ।

विद्यालयकोशैक्षिक सत्र २०८२ अन्तर्गत तीन दिने खेलकुद कार्यक्रम सुरु भएको हो । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुबीच अन्तर संकाय त्रिदिवसीय खेलकुद कार्यक्रमको बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रमको उद्घाटन विद्यालयका सस्ंथापक अध्यक्ष शेर बहादुर गुरुङ तथा प्राचार्य पम्फा गुरुङलेसंयुक्त गरे । संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले विद्यार्थीलाई अध्यापनका साथै खेलकुदमा समेत क्रियाशिल गराउन आवश्यक रहेको बताए ।

खेलकुदले विद्यार्थीको शारिरीक सँगै मानसिक विकास गर्ने उनले सुनाए । विद्यालयले हरेक वर्ष विविध खेल महोत्सवको आयोजना गर्दै आइरहेको प्राचार्य पम्फा गुरुङले बताइन् ।

खेलकुद कार्यक्रम अन्तरगत भलिबल, बास्केटबल, टेबल–टेनिस, व्याडमिन्टन, रस्साकस्सी लगायतका खेलहरु समावेश गरिएको छ । उक्त खेलहरुमा प्रथम, दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने संकाय तथा विद्यार्थीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->