शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा १० किमी दौडमा नारायणी र मिंगमरसिंहलाई स्वर्ण

पोखरा १० किमी दौडमा नारायणी र मिंगमरसिंहलाई स्वर्ण

१० किमी दौडको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने महिला र पुरूषतर्फ क्रमशः २० हजार, १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८२, आइतबार

पोखरा/पोखरा १० किलोमिटर दौड प्रतियोगितामा नारायणी भण्डारी र मिंगमर सिंहले स्वर्ण पदक जितेका छन् । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको दौडको महिलातर्फ नारायणी र पुरुषतर्फ मिंगमरले स्वर्ण जितेका हुन् ।

महिलातर्फ भण्डारीले ४१ मिनेट २३ सेकेण्डमा दूरी पार गरिन् । ४२ मिनेट ६ सेकेण्ड लगाउँदै मुना माया श्रेष्ठले रजत तथा ४४ मिनेट ५३ सेकेण्डमा दूरी पार गर्दै द्रौपदीकुमारी कठायतले कास्य पदक हासिल गरिन् । यमुना घर्ती मगर चौथो हुँदा सनि चौधरी भने पाँचौं स्थानमा आउन सफल भइन् । श्रेष्ठ, कठायत र घर्ती मगर नेपाली सेनाका खेलाडीहरु हुन् ।

त्यसैगरी पुरुष तर्फ तामाङले ३१ मिनेटमा दुरी पार गरे । दील बहादुर बुढाले ३१ मिनेट ३९ सेकेण्ड लगाउँदै रजत जित्दा बादल कार्कीले ३३ मिनेट ८ सेकेण्ड लगाउँदै कास्य पदक हासिल गरे । गौतम श्रेष्ठ चौथो हुँदा कमल नेपाली पाचौं स्थान हासिल गरे ।

त्यसै गरी ५ किलोमिटर छात्र÷छात्रातर्पmको दौडमा छात्रा तर्फ गौरी शंकर माविकी पुष्पा भण्डारी प्रथम हँुदा मेघराज स्कुलकी एन्जीला जिटी दोश्रो र छोरेपाटन माविकी साधना परियार तेश्रो भए । भण्डारीले २२ मिनेट २३ सेकेण्डमा उक्त दूरी पार गर्दा जिटीले भने २५ मिनेटमा उक्त दुरी पार गरिन् । त्यसै गरी छात्र तर्फ त्रिवेणी पब्लिक स्कूलका अमृत विश्वकर्मा प्रथम हुँदा श्री नेपाल राष्ट्रिय स्कुलका रुपेशकुमार माझी दोश्रो र छोरेपाटन माविका तेन्जोन रोक्का तेश्रो भए । विश्वकर्माले निर्धारित दूरी १८ मिनेट ५५ सेकेण्डमा पार गर्दा मधेश प्रदेशबाट सहभागी माझीले १९ मिनेट ३ सेकेण्ड लगाए ।

१० किमी दौडको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने महिला र पुरूषतर्फ क्रमशः २० हजार, १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विद्यालय छात्र/छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौँ स्थान हासिल गर्ने धावकले क्रमशः १०, ७, ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा १ हजार ४ सय ८० जना खेलाडीहरु सहभागी भएका कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले बताए । एथलेटिक्स खेलको विकास र प्रवद्र्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीको सहभागिता रहेको अध्यक्ष गज बहादुर गुरूङले बताए । त्यस्तै २५ औं स्थानसम्म आउने धावकलाई आकर्षक पुरस्कारको प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->