शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा कार रेस हुँदै

पोखरामा कार रेस हुँदै

फेडेरेसन इन्टरनेशनल डी अटोमोबाइल (एफआइए) मान्यता प्राप्त च्याम्पियनसीप खेलाडीका लागि अवसर रहेको नेपाल अटोमोवाइल्स एशोसियसन (नासा) गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताए


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८२, बुधबार

पोखरा/पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसीप हुने भएको छ । नेपाल अटोमोवाइल्स एशोसियसन (नासा) गण्डकीको आयोजनामा आगामी पुस ११ गते पोखराको पामेमा अटोक्रस च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिपबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष शिव श्रेष्ठले पहिलो संस्करण काठमाडौंमा गरेको सुनाउँदै दोस्रो पटक पोखरा आयोजना गर्न लागेको जानकारी दिए । फेडेरेसन इन्टरनेशनल डी अटोमोबाइल (एफआइए) मान्यता प्राप्त च्याम्पियनसीप खेलाडीका लागि अवसर रहेको श्रेष्ठले बताए । सडक सुरक्षाको विशेषता रहेको च्याम्पियनसीप दुई विधाका हुने छन् ।

पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्ने यो च्याम्पियनसीपमा दुई हजार सिसी क्षमताभन्दा कम र दुई हजारभन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने छ । दुई हजारमाथि सिसी भएका कार १२ वटा र दुईहजार सिसीभन्दा कमका १२ कारले प्रतिस्पर्धा गर्ने छन् । अटोक्रस मोटर स्पोट्र्स एक विधा हो । यसमा ड्राइभरहरुले माटो, ग्राभेल र पिच ट्रयाकमा बनाइएको छोटो कोर्सलाई टाइम अट्याक शैलीमा सटिक रुपमा पूरा गर्नुपर्ने हुन्छ । रेसिङ छोटो तर चुनौतिपूर्ण कोर्ष हो । जहाँ चालकले स्किल र रणनीति परीक्षण गर्ने गर्छन् ।

च्याम्पियनसीपको लागि नासाले पामेका ८ सयदेखि एकहजार मिटर लम्बाइको रेसिङ कोर्स बनाइने छ । रेसिङ कोर्समा टाईम अट्याक शैलीमा सबैभन्दा कम समयमा पूरा गर्नेलाई पुरस्कृत गरिने नासाले जनाएको छ । च्याम्पियनसीपले पोखरालाई साहसिक खेलमार्फत् पर्यटन प्रवद्र्धन एवं ओटक्रस स्पोर्टसलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएका छन् । अटोक्रस च्याम्पियनसीपले नेपालीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने दाबी नासाको छ ।

च्याम्पियनसीपमा सातै प्रदेशका अटोक्रस चालकको सहभागिता रहनेछ । च्याम्पियनसीपमा दुई हजार सीसीभन्दा कम क्षमता कारको प्रतिस्पर्धामा १२ तथा दुई हजार सीसीभन्दा बढी क्षमता भएको कारको प्रतिस्पर्धामा १२ वटा गरी कूल २४ चालकको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->