शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुद विकास समितिका अध्यक्ष गोदार सम्मानित

खेलकुद विकास समितिका अध्यक्ष गोदार सम्मानित


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८२, बुधबार

पोखरा/पोखरा महानगरपालिकाका खेलकुद विकास समितिका नव नियुक्त अध्यक्ष दिपकबहादुर गोदारलाई बौद्ध शान्ति युवा क्लब रामघाटले सम्मान गरेको छ । दोस्रो पटक समेत अध्यक्ष भएका गोदारलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

अध्यक्ष गोदारलाई बौद्ध शान्ति युवा क्लब रामघाटका अध्यक्ष सागर गुरुङ, पोखरामहानगर हकी संघका अध्यक्ष यमन रसाईली तथा नेपाल मुआथाईका प्रशिक्षक विजय गुरुङले एकैसाथ मंगलबार सम्मान गरेको हो । गोदारलाई माला र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।

सम्मानपछि अध्यक्ष गोदारले दोस्रो पटक खेलकुद विकास समितिका अध्यक्ष भइरहँदा ग्रास रुट खेलकुद कार्यक्रमलाई प्राथमिकता दिदैं पोखरामा खेलकुदको नयाँ आयाम सृजना गर्ने प्रतिबद्धता जनाए । खेलाडीको रुपमा ३५ वर्ष विताएको सम्झँदै गोदारले सबैको साथ र सहयोगबाट नै पोखराको खेलकुद माथि उठ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->