शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फुटबलमा एलजीको लोभलाग्दो यात्रा

फुटबलमा एलजीको लोभलाग्दो यात्रा

अब एन्फा लिग खेल्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८२, शुक्रबार

पोखरा/पोखरा १२ मा पर्ने लालीगुराँस टोलको नामबाटै जन्मिएको हो–लालीगुराँस एसोसियसन । लालीगुराँसमा रहेका युवाहरुले २०६९ साल वैशाखमा एलजी एसोसियसन गठन गरेका थिए । युवाहरुलाई रचनात्मक कार्यमा लगाउने अभियानअन्तर्गत एसोसियसनले फुटबल क्लब गठन ग¥यो । पोखरा र आसपासमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा क्लबले फुटबलमा औधि राम्रोमात्र गरेन, आफूलाई देशकै सशक्त फुटबल क्लबमा दर्ज ग¥यो ।

स्थापनाको १२ वर्षमा चाहिँ एसोसियसनले साँच्चै राम्रो ग¥यो । कास्की जिल्लास्तरीय लिग विजेता बनेको एलजीले प्रदेशमा पनि आफूलाई अब्बल साबित ग¥यो । प्रदेश विजेता बन्दै एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगितामा छानियो । १९ कात्तिकदेखि २ मंसिरसम्म भएको सो प्रतियोगितामा एलजी अपराजित रह्यो । हेटौंडाको गौरीटार रंगशालामा मंगलबार फाइनलमा लालीगुराँसले काठमाडौंको चित्लाङ एफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराएर उपाधिमात्र हात पारेन,राष्ट्रिय लिग खेल्ने निश्चित ग¥यो । राष्ट्रिय लिगमा प्रेसिडेन्ट्स कपका सेमीफाइनल पुग्ने ४ र ६ वटा ए डिभिजन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एलजीले चित्लाङलाई समूह चरणमा ३–० गोल अन्तरले हराएको थियो । तर, फाइनल भने प्रतिस्पर्धात्मक रह्यो । खेलको ५१ औं मिनेटमा चित्लाङका कृष्ण रानाभाटले रातो कार्ड पाए पनि १० खेलाडीको भरमा चित्लाङले एलजीलाई रोक्यो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइबे्रकरमा धकेलियो । आत्मविश्वासी एलजीका टाइब्रेकरमा लालीगुराँसका आशिष गुरुङ, लछु थापा र सरोज गुरुङले गोल गरे । चित्लाङका शिशिर लेखीको प्रहार मात्र गोल भयो । चित्लाङका लागि पहिलो प्रहार गरेको जय गुरुङको प्रहार पोस्टमा ठोक्किएर फर्केको थियो भने गौरव श्रेष्ठले गरेको दोस्रो प्रहार लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठले रोकेका थिए । मदन स्याङ्तानको प्रहार पनि बाहिरिएपछि एलजी विजेता बनेको थियो । लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै लालीगुराँसले १० लाख र उपविजेता चित्लाङले ५ लाख रुपैयाँ पुरस्कार पाए । चित्लाङका शिशिर लेखी घोषित हुँदा सर्वाधिक गोलकर्ता लालीगुराँसका आशिष गुरुङको नाममा रह्यो । उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि लालीगुराँसका एन्जलले नै प्राप्त गरे ।लालीगुराँसले सेमिफाइनलमा सुर्खेतको काँक्रेबिहार र चित्लाङले बाराको नवजागृतिलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेश गरेको ४ वटै टिम राष्ट्रिय लिगका लागि छनोट भएको छ ।

लालीगुरासँ एसोसियसनका अध्यक्ष डम्बरजंग गुरुङले पोखरेली फुटलब टिमले पाएको यो सफलता सवैको भएको बताए । उनले एन्फा लिगमा सहभागिता हुँदै गर्दा टिमलाई अझ सशक्त र जुझारु बनाउने उद्घोष पनि गरे ।

‘यो सफलताले हामीलाई अझ हौस्याएको छ । लिगमा अझ राम्रो नतिजा ल्याउनका निम्ति तयारी सुरु भइसकेको छ,’उनले भने,‘हामीलाई अहिले हौसलाको खाँचो छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->