शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड हुँदै

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड हुँदै

प्रतियोगितामा एक लाख रुपैयाँ पुरस्कार रहेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै छ ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर ९ २०८२, मंगलबार

पर्वत/जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।

‘खेल अभियान : मोदीको पहिचान’ भन्ने मूल नाराका साथ मङ्सिर १४ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको हो । प्रतियोगितामा एक लाख रुपैयाँ पुरस्कार रहेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै छ । जसमा दोस्रो र तेस्रो हुने समूहले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भलिबल प्रतियोगिता जिल्लाका स्थानीय तहहरू बिचको प्रतियोगिता रहेको गाउँपालिकाले बताएको छ ।

यस्तै पुरुष डबलमा जिल्ला स्तरीय खुल्ला ‘बी’ र ‘सी’ ‘लेभल’ को ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । जसको प्रथम, दोस्रो र तेस्रो पुरस्कारको रूपमा क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

अध्यक्ष कपमा अन्तर समूह स्तरमा महिला रत्यौली प्रतियोगिता पनि आयोजना हुँदै छ । जसमा प्रथम, दोस्रो र तेस्रो बन्ने समूहहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पाउने छन् । यस्तै अन्तर समूह स्तरीय लोक भोजन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो बन्ने समूहहरूले पुरस्कार स्वरूप २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पाउने छन् । यस्तै पहिलोलाई १० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार रहेको विद्यालय स्तरीय समूहगत लोक नृत्य प्रतियोगिता पनि सोही कार्यक्रममा आयोजना हुँदै छ ।

प्रतियोगितामा लठो तान्ने प्रतियोगिता, महिला उद्यमी तथा व्यवसायीहरुबीच मेच घुमाई प्रतियोगिता, खुल्ला महिला घैँटो फुटाउने प्रतियोगिता पनि आयोजना हुने छन् । सोही मौकाको अवसर पारेर आयोजना हुने विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि आयोजना हुँदै छ । तिलाहारको नवजागृत बहुमुखी क्याम्पस डिमुवामा आयोजना हुने प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको बिचमा मैत्रीपूर्ण भलिबल खेल समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->