शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छैठौं क्रसकन्ट्री दौड पुस ८ गते हुने

छैठौं क्रसकन्ट्री दौड पुस ८ गते हुने


  • अर्जुन काफ्ले
  • मंसिर ९ २०८२, मंगलबार

फाइल तस्बिर
स्याङ्जा/सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैठौं क्रसकन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ । पुतलीबजार नगरपालिका–९ कोल्मा बहाकोटमा हुने प्रतियोगिता आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले गरिएको हो ।

ग्रामीण क्षेत्रमै राष्ट्रिय स्तरको प्रतियोगिता गरेर खेलकुद पर्यटनलाई नयाँ ऊर्जा दिने लक्ष्य राखिएको आयोजक संस्थाका महासचिव जीवन पोखरेलले जानकारी दिए ।

प्रतियोगितामा २५ किमी (२१ वर्ष माथि) खुला, १० किमी महिला, १० किमी (२१ वर्षमुनि) पुरुष, पाँच किमी विद्यालय स्तरीय छात्र तथा छात्रा र लुङ्गी ड्रेसमा ३० वर्ष माथिका महिला(रन फर फन) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

२५ किमि खुलातर्फ प्रथमले ५० हजार, दोसोले ४० हजार र तेस्रोले १० हजार रुपैयाँ, महिला तथा २१ वर्षमुनितर्फ प्रथमले २०, दोस्रोले १५ र तेस्रोले १० हजार तथा विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले आठ, द्धितीयले पाँच र तृतीयले तीन हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

चारवटा विधामा १० औं स्थानसम्म आउने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै रन फर फनतर्फ प्रथमले पाँच, द्धितीयले तीन र तृतीयले दुई हजार प्राप्त गर्ने छन् ।

२५ किमि खुलातर्फ सात सय कोल्मा बहाकोट क्षेत्र भित्रका एकजनालाई पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने छन्

दौड कोल्मा बराहचौरबाट सतीडाँडा, काउले, डाँडास्वाँरा, नाम्चे, काल्खु हुँदै तनहुँको खल्लुबोट, राइपुर, बिसौना, बंगालेखोला, सिम्लेस्वाँरा, ओडारे, खुदी, मडकिना भन्ज्याङ हुँदै पुनः बराहचौर फर्कनेछ ।

प्रतियोगितामा यो पटक बिदेशीसहित पाँच सय खेलाडी सहभागिता हुने अपेक्षा गरिएको भने १४ लाख चार हजार रुपियाँ खर्च हुने अनुमान गरिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->