शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अल्फामा बास्केटबल प्रतियोगिता

अल्फामा बास्केटबल प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८२, शनिबार

पोखरा/पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा सह क्रियाकलापअन्तर्गत मङ्सिर १२ गते शुक्रबारका दिन विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा अन्तरसदनात्मक बास्केटबल प्रतियोगिता सम्पन्न गरिएको छ ।

कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा छात्रतर्फ जुगल सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भए भने छात्रातर्फको प्रतियोगितामा मनास्लु सदन प्रथम तथा कञ्चनजङ्घा सदनले द्वितीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका संस्थापक तथा सह प्राचार्य कृष्ण लम्सालले जानकारी गराए ।

सो अवसरमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मनोरञ्जनका साथैशारीरिक, मानसिक विकास एवम् सामूहिक कार्यमा थप उत्प्रेरणा मिल्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->