शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘मेयर कप’ फुटबल आजदेखि

‘मेयर कप’ फुटबल आजदेखि

प्रतियोगिताको उद्घाटन खेल आयोजक बागलुङ नगरपालिका ‘निलो’ र पर्वतको जलजला गाउँपालिकाबीच हुने छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८२, आइतबार

बागलुङ/मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आजदेखि बाङेचौर खेलमैदानमा शुरु हुँदैछ । प्रतियोगिताको आज (आइतबार) बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शुभारम्भ गर्ने छन् ।

बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता मंसिर १८ गतेसम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक बागलुङ नगरपालिका ‘निलो’ र पर्वतको जलजला गाउँपालिकाबीच हुने छ । प्रतियोगितामा दोस्रो र तेस्रो खेल भने सोमबार गलकोट नगरपालिकाविरुद्व गण्डकी प्र्रदेश प्रहरी पोखरा र सेनाको कालीजंग गण घोडाबाँधेविरुद्व पैयु गाउँपालिका पर्वतबीच हुने खेल संयोजक सुदिप गौतमले जानकारी दिए ।

प्रतियोगितामा आयोजक बागलुङ नगरपालिका ‘निलो’ र ‘सेतो’ दुई टोली, उदयपुरको कटारी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, बागलुङको जैमिनी, गलकोट नगरपालिका, पर्वत जिल्लाको जलजला, पैयँु गाउँपालिका र विभागिय टोली नेपाली सेनाको कालीजंग गण घोडाबाँधे र गण्डकी प्रदेश प्रहरीसहित दश टोलीले सहभागिता जनाउने छन् ।

बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी सकिएको संयोजक गौतमले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि नगर परिषदले २० लाख रुपियाँ बजेट बिनियोजन गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिए ।

बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको ‘मेयर कप’ फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः शुरु भएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङकै प्रतिष्ठित फुटबल प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मेयर कप’लाई हरेक वर्ष निरन्तरता दिएर सक्षम खेलाडि उत्पादन लाग्ने श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->