शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

फुटबल मैदान पुनः निर्माणपछिकै पहिलो प्रतियोगिता आयोजना हुन लागेको हो


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८२, मंगलबार

पोखरा/पोखरामा निर्माण भएको फुटबल मैदान प्रतियोगिता विहिन भएको छ । निर्माण पश्चात अहिले सम्म पोखरामा अन्तर्राष्ट्रिय स्तरका कुनै पनि ठूला फुटबल प्रतियोगिताको आयोजना हुन सकेको छैन । १ अर्ब २८ करोड लागतमा निर्माण भएको फुटबल स्टेडियम अन्तर्राष्ट्रिय मापदण्डभित्र नपर्दा कुनै पनि प्रतियोगिता हुन सकेको छैन् ।

साफ स्तरका फुटबल प्रतियोगिताका लागि योग्य भएतापनि फुटबल विहिन हुँदै आएको पोखरामा पहिलो पटक फुटबलको ठुलो इभेन्ट हुन लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आकस्मिक बैठकले आगामी फागुनमा पोखरामा ‘साफ महिला यु १९ फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।

महासचिव किरण राईका अनुसार पोखरामा साफको उमेर समुहको प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सोमबार एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘साफ महिला यु–१९ प्रतियोगिता यहि फागुन महिनामा पोखरामा आयोजना गर्ने निर्णय गरियो ।’

यो निर्णयले पोखरामा भुकम्पपछि पुर्ननिर्माण भएको फुटबल स्टेडियममा पहिलो पटक ठुलो प्रतियोगिता हुन लागेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले बताए ।

‘पोखराले अहिलेसम्म ठुलो प्रतियोगिता पाउन सकिरहेको थिएन । एन्फाको निर्णयपछि अब फुटबल प्रतियोगिता हुने सम्भावना देखिएको छ । अब हामी त्यसको तयारीमा जुट्ने छौं ।’ रन्जितका अनुसार नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताका लागि पोखराको नाम आउने गरेता पनि खेलाडी चेन्जिङ रुमको समस्या देखाउँदै टार्ने गरेको थियो ।

‘आइतबार मात्रै हामीले एन्फा अध्यक्ष र महासचिव ज्युसँग कुरा गरेका थियौं पोखरालाई प्रोग्राम दिन प¥यो भनेर । त्यतिबेला यहाँको ग्राउन्ड र चेन्जिङ रुमको अवस्थाबारे कुरा आएको थियो । उहाँहरु पनि यहाँ आएर हेर्नु हुनेछ’ अध्यक्ष रन्जितले भने, ‘उमेर समुहकै भएपनि अब पोखरामा कम्तिमा अन्तर्राष्ट्रिय इभेन्ट हुनेछ ।’

२०७६ सालको मंसिर मंसिर महिनामा काठमाडौं र पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) को आयोजना भएको थियो । १३ औं साफको आयोजना हुँदा महिला फुटबल निर्माणाधीन फुटबल मैदानमा भएको थियो । त्यसयता कुनै पनि ठूला प्रतियोगिता हुन सकिरहेको थिएन । मोफसलमा हुने आहा रारा गोल्डकप बाहेक पोखराको फुटबल मैदानमा अन्य ठूला फुटबल प्रतियोगिता पाएको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->