शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोदीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा नवजागृत विजेता

मोदीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा नवजागृत विजेता

कुल ३० स्वर्णका लागि भएको प्रतिस्पर्धामा नवजागृतले दोस्रो बनेको विद्यालयलाई १६ स्वर्णको फरकमा पराजित गरेको हो ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २० २०८२, शनिबार

पर्वत/जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्डको विजेता नवजागृत माध्यमिक विद्यालय बनेको छ ।

गाउँपालिकाका १५ ओटा विद्यालयहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा २० स्वर्ण पदक हात पार्दै तिलाहारको नवजागृत प्रथम भएको हो । कुल ३० स्वर्णका लागि भएको प्रतिस्पर्धामा नवजागृतले दोस्रो बनेको विद्यालयलाई १६ स्वर्णको फरकमा पराजित गरेको हो । नवजागृतले नौ रजत पदक प्राप्त गरेको छ ।

गाउँपालिकाको शिक्षा अधिकृत दिनेश शर्माका अनुसार प्रतियोगितामा चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक हात पार्दै मोदी गाउँपालिका–१ को नवज्योति थम माध्यमिक विद्यालय दोस्रो बनेको छ । यस्तै मोदी गाउँपालिका–७ राम्जाको पशुपति माध्यमिक विद्यालयले तीन स्वर्ण, छ रजत र नौ कांस्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा आएको छ ।

प्रतियोगितामा भूकदेउराली मा.वि.ले एक स्वर्ण, एक रजत र तीन कांस्य, हिमालय मा.वि.ले एक कांस्य, लेस्पार मा.वि.ले एक रजत, महेन्द्र शिखरी मा.वि.ले तीन कांस्य पाएका छन् । यस्तै सरस्वती मा.वि.ले दुई स्वर्ण, छ रजत र छ कांस्य, जनसिद्ध मा.वि.ले चार रजत र पाँच कांस्य तथा भवानी आधारभूत विद्यालयले दुई कांस्य पदक जितेका छन् । प्रतियोगितामा जननेत्र मा.वि., तुलोदय मा.वि., देउपुर नमुना आवासीय मा.वि, क्याङ कर्बाकेली आधारभूत विद्यालय र पशुपति आधारभूत विद्यालय पदक विहीन भएर फर्किएका छन् ।

नबजागृत मा.वि.ले यो उपाधि सहित लगातार चार ओटा रनिङ शिल्डका संस्करणहरु जितेको हो । जितसँगै विद्यालयले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो बनेको नवज्योति थमले २० हजार र तेस्रो बनेको पशुपति मा.वि.ले १० हजार रुपैयाँ पाएका छन् ।

गाउँपालिकाले रनिङ शिल्ड प्रतियोगिता सँगसँगै प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ । जसको विजेता फलेवास नगरपालिका भएको छ । जितसँगै फलेवासले एक लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा मोदी गाउँपालिकाले द्वितीय स्थान हासिल गरी ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने कुस्मा नगरपालिकाले तृतीय स्थानमा चित्त बुझाएको छ । कुस्माले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सो खेलमा वेस्ट लिब्रो फलेवासका आदित्य मल्ल, वेस्ट सेटर सुवास कुँवर, वेस्ट कोच रमेश श्रेष्ठ, वेस्ट ब्लकर मोदीका आकाश नेपाली, राइजिङ प्लेयर मोदीका सलिन लामिछाने, वेस्ट स्पाइकर मोदीकै सुशील कुँवर, वेस्ट सर्भर विद्वान वि.क, वेस्ट प्लेयर विष्णु क्षेत्री घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->