शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलामा सातौँ राष्ट्रपति रनिङ शिल्ड

काठेखोलामा सातौँ राष्ट्रपति रनिङ शिल्ड


  • ढाेरपाटन संवाददाता
  • मंसिर २१ २०८२, आइतबार

बागलुङ÷जिल्लाको काठेखोलामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भिमसेन माविमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष राजु थापाले प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने बताए । उनले विद्यार्थीलाई पढाईसंगै खेलकुदलाई पनि अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा पालिका उपाध्यक्ष तेजबहादुर थापा, सामाजिक विकास समितिका संयोजक तथा काठेखोला गाउँपालिका वडा नं. १ पालाका वडा अध्यक्ष खडक थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन छोटो र लामो दुरीका दौड सम्पन्न भएका छन् । छात्रतर्फको ३ हजार मिटर दौडमा नारायणी माविका प्रविण थापा विजेता र रेश नुन्थला माविका यामबहादुर कार्की उपविजेता भएका छन् । छात्रातर्फ भने अमर माविकी रोशनी कँडेल विजेता र जनता माविद्यालयकी सुरक्षा परियार उपविजेता बनिन् ।

यस्तै, छात्रतर्फको १५ सय मिटर दौडमा नारायणी माविका इसुब थापा विजेता र जनता माविका सन्दिप किसान उपविजेता बने । छात्रातर्फ भने अमर माविकी ममता पुन र नारायणी माविकी राशिका थापा क्रमशः विजेता र उपविजेता बनेका छन् ।

छात्रतर्फ भएको ८ सय मिटर दौडमा नारायणी माविका विमल किसान र लक्ष्मी माविका दिपेश परियार, छात्रातर्फ भिमसेन माविकी जानकी सुनार र जनता माविका प्रमिशा थापा, छात्र तर्फको ४ सय मिटर दौडमा लक्ष्मी माविका सुदिप थापा र धारा माविका विज्ञान बहादुुर थापा, छात्रातर्फ अमर माविका अन्जु परियार र लेखानी माविका आकृति क्षेत्री क्रमशः विजेता र उपविजेता बनेका छन् ।

पहिलो दिनको छात्रा भलिबलमा लेखानी मावि विजेता हुँदा रेश नुनथलाले उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा करिब १ हजार ३०० विद्यार्थी सहभागि छन् ।

कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक तथा प्रवक्ता टिका संगम बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मिलन थापा र सञ्चालन काठेखोला गाउँपालिकाका सूचना अधिकारी मनोज कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->