पोखरा/नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको रोयल्सले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।
डे लाङ्गेको तेस्रो ओभरको पाचौं बलमा मुख्तर अहमद बोल्ड आउट भए । उनले १० बलको सामना गर्दै २ चौकाको मद्दतमा १० रन बनाए । सुर्य तामाङको आठौं ओभरको पाचौं बलमा ज्याकसन आउट भए । उनले ११ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन जोडे ।
सुदुरपश्चिमले १० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ७६ रन जोडेको थियो । हाजलेटको १३ ओभरको पाचौं बलमा इशान पाण्डे आउट भए । नरेन भट्टले उत्कृष्ट क्याच गरे । इशानले १७ बलमा १ चौका सहित १३ रन जोडे ।
१४ ओभरको तेस्रो बलमा दुई रन जोड्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरि रन आउट हुन पुगे । उनले ३ बलमा ३ रन जोडे । प्रतिश जिसिको १७ औं ओभरको दोस्रो बलमा हार्मित सिंह लङ सट खेल्ने धुनमा क्याच आउट भए ।
१९ औं ओभरको अन्तिम बलमा विनोद भण्डारी आउट भए । उनले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनी प्रतिश जिसिको बलमा आउट भए । डे लाङ्गेको २० औं ओभरको चौथो बलमा आरिफ शेख २० रनमा आउट भए ।
विराटनगरको लागि प्रतिश जिसि र २ डे लाग्ङेले २–२ तथा सुर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए ।





