पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटीएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् ।
दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षमविक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् ।
श्रीलंकाली खेलाडी गानुका फर्नान्डोले भारतका ओजस्विर सिंहलाई ६–१, ६–१ ले सहजै हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा भारतका निकुञ्ज खुरानाले नेपालका शाश्वत बज्राचार्यलाई ६–१, ६–३ ले हराए । दोस्रो शिर्ष वरीयताका चीनका चुआन डिङले भारतका फजल अली मीरलाई ७–६(७), ६–३ ले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे ।
ब्वाइज’ डबल्स (राउन्ड अफ १६) मा श्रीलंकाका गानुका फर्नान्डो र भारतका तेजस रवीको जोडीले भारतका फजल अली मीर र हङकङका सेल्विन ट्ज युएन वङलाई ६–२, ४–६, (१०–८) ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे । अर्को खेलमा श्रीलंकाका रेहान गुणवर्धना र नेपालका असब सम्राट हाडाको जोडीले बंगलादेशका महाद बिन मालेक महाद र तनभिरलाई ६–१, ३–६, (१०–७) ले हराउँदै अन्तिम आठमा स्थान बनाए ।
गल्र्स’ सिंगल्स (राउन्ड अफ १६) मा भारतकी कार्तिका पद्मकुमारले आफनै देशकी मेहा पाटिललाई ६–१, ६–३ ले पराजित गरिन् । भारतकी ध्रुती गुन्डूले कठिन संघर्षपूर्ण खेलमा भारतकी नै रञ्जना संग्रामलाई ५–७, ६–०, ७–५ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–४, ६–१ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी छन् ।
यस्तै भारतकी झानवी ताम्मिनेदीले क्यानडाकी इभा खड्कालाई ६–३, ६–१ ले पराजित गर्दा भारतकी शतक्शिका सहायाकले न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–१, ६–१ ले सहजै हराइन् । ताइपेइकी के–चि ह्सुले भारतकी प्रियन्शी कटियाललाई ६–१, ६–४ ले पराजित गरिन् भने नेपालकी सुनिरा थापाले चीनकी युनर चिलाई ६–३, ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् ।
प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।





