पोखरा/लेखनाथ क्योकुशिन–कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको आयोजनामा शनिबार लेखनाथ रंगशाला भण्डारढिकमा सम्पन्न पाँचौ लेखनाथ कप तथा दशौँ कास्की जिल्ला स्तरीय क्योकुशिन–कान जुनियर फुल कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ९ कास्यसहित लेखनाथ पावरहाउस डोजो टिम च्याम्पियन बनेको छ ।
छात्र र छात्रातर्फ ७÷७ तौल समुह गरि कुल १४ तौल समूहमा विभिन्न १५ डोजोका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ७ कास्यसहित बागमारा डोजो दोस्रो हुँदा २ स्वर्ण, ६ रजत र ४ कास्यसहित लेखनाथ रंगशाला डोजो भण्डारढिक तेस्रो बन्यो ।
प्रतियोगितामा तौल गत छात्र २५ के.जीमा आवास नेपाली प्रथम, अनिस चौधरी दोस्रो, प्रशन तिवारी र निश्चल अधिकारी तेस्रो बने । छात्र ३० केजीमा सुजल कुमाल प्रथम, विशेष तामाङ दोस्रो, अविनाश सुनार र अपिल कुमाल तेस्रो बने । छात्र ३५ केजीमा अनमोल गुरुङ प्रथम, प्रवेश श्रेष्ठ दोस्रो, सूर्य सुनार र अनन क्षेत्री तेस्रो बने ।
छात्र ४० केजीतर्फ रायन नेपाली प्रथम, आयुष खवास दोस्रो, विशेष गुरुङ र सन्दीप मगर तेस्रो बने । छात्र ४५ केजीमा सयम कुमाल प्रथम, सचिन सुनार दोस्रो, शिशिर बिक र साइमन थापा तेस्रो बने । छात्र ५० केजीतर्फ कुशल तिवारी प्रथम, सविन सुनार दोस्रो, सोहन ठेडी मगर र कुशल तिवारी कालिका तेस्रो बने । छात्र ५५ केजीतर्फ रिजन थापा मगर प्रथम, बसन्त बि.क दोस्रो, रितेस बस्नेत र ओमराज गुरुङ तेस्रो बने ।
छात्रातर्फ २५ केजी तौल समुहमा आर्या थापा मगर प्रथम, सुबिना थापा दोस्रो, जोनोशा सिंह र जिया थापा तेस्रो बने । छात्रातर्फ ३० केजी तौल समुहमा साङ्छु तामाङ प्रथम, इरुपा थापा दोस्रो, नज्योसा सिंह र अका गुरुङ तेस्रो बने । छात्रातर्फ ३५ केजी तौल समुहमा आयुषा थापा मगर प्रथम, सुप्रिया थापा मगर दोस्रो, हुमी बुढा मगर र प्रकृति तिवारी तेस्रो बने । छात्रातर्फ ४० केजी तौल समुहमा आकांक्षा नेपाली प्रथम, समृति सुवेदी दोस्रो, एस्लिन सुनार र सजिना गगर तेस्रो बने । छात्रातर्फ ४५ केजी तौल समुहमा ध्वज कुमारी नेपाली प्रथम, तृप्ति चापागाईं दोस्रो, सन्ध्या श्रीस मगर र रोजिना सुनार तेस्रो बने । छात्रा ५० केजीतर्फ करुणा गुरुङ प्रथम, आरोही सुनार दोस्रो, सन्ध्या श्रीस मगर र अंशु अधिकारी तेस्रो भए । । छात्रा ५५ केजीतर्फ समृद्धि तिमिल्सेना प्रथम, प्रिन्स्मा नेपाली दोस्रो, आयुषी सुनार र सुप्रिया लामा तेस्रो भए ।
टुटुङ्गा डोजोका हुमी बुढा मगर र पार्थ सुनार छात्र र छात्रा तर्फका उत्कृष्ट खेलाडी घोषित भए ।
जुनियर मुआथाईतर्फ १० वर्षमुनि पचभैया मुआथाई क्लबका डियर थापा मगर प्रथम र लेखनाथ डोजो मुआथाई क्लबका क्रिशभ गुरुङ दोस्रो भए । छात्र १४ वर्षमुनि लेखनाथ डोजो मुआथाई क्लबका प्रज्वल थापा मगरले लेखनाथ डोजो मुआथाई क्लबकै एलेक्स गुरुङलाई हराउँदै च्याम्पियन भए ।
छात्र १६ वर्षमुनि लेखनाथ डोजो मुआथाई क्लबका अनुप गोतामेले पचभैया मुआथाई क्लबका आर्यन थापालाई दोस्रो राउण्डमा मिडल सल्याप किक प्रहार गर्दै नकआउट गर्दै च्याम्पियन भए । छात्र १७ वर्ष उमेर समुहमा लेखनाथ डोजो मुआथाई क्लबका सबिन सुनारले लेखनाथ डोजो मुआथाई क्लबकै सिद्धार्थ हमाललाई तेस्रो राउण्डमा नकआउट आधारमा हराउँदै च्याम्पियन भए ।
विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, नेपाल क्योकुशिन–कान कराते संघका अध्यक्ष तथा ब्राञ्च चिफ लक्ष्मण कुंवर, केन्द्रिय प्रशिक्षक तथा मुख्य जुरी धन बहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ, समाजसेवी तथा पोखरा २९ का निवर्तमान वडा अध्यक्ष चेत बहादुर गुरुङ, संघका सल्लाहकार तथा उप–प्रायोजक सोवित थापा, पुर्व खेलाडी नबिन मल्ल, पुर्व खेलाडी बिक्रम लामा, मुआथाई सल्लाहकार देवेन्द्र सुवेदी, लेखनाथ डोजो प्रमुख सुवास खड्का लगायतले खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रसहित पुरस्कार प्रदान गरेका थिए ।





