शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हिमालय क्रिकेट एकेडेमी कप टी–२० क्रिकेट हुँदै

हिमालय क्रिकेट एकेडेमी कप टी–२० क्रिकेट हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा/पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुसको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।

हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए ।

पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट, रत्नज्योति सेकेण्डरी , कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी, हार्वड सेकेण्डरी, त्रिवेणी सेकेण्डरी, हिमालयन सेकेण्डरी, नविन मावि, जनप्रकाश मावि, टप्स सेकेण्डरी, डायमण्ड सेकेण्डरी, लभिन रेसिडेन्सल स्कूलको सहभागिता रहने छ ।

उक्त प्रतियोगिता मार्फत जिल्ला टीम छनोटसमेत हुने भएकाले अर्को महत्वपूर्ण पक्षको रुपमा उक्त प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->