शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एनपिएल : लुम्बिनीलाई ११२ रनको विजयी लक्ष्य

एनपिएल : लुम्बिनीलाई ११२ रनको विजयी लक्ष्य

बुधबार साँझको खेल जित्ने टोली भोलि बिहिबार हुने खेलमा विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा/नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले ११२ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले खराब सुरुवातसंगै २०.१ ओभरमा अल आउट हुँदै ११० रन बनायो । । पावरप्लेको समाप्तिसम्म ४ विकेट गुमाउन पुगेको थियो ।

सहाव आलम ४ रनमा अविजित रहे । ओपनर वेन चार्लिस्वर्थ ४, आकाश त्रिपाठी १ रनमा आउन भए । सन्नि पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, जोन सिम्पसन १८ रनमा आउट हुँदा रसिद खान २, मोहम्मद आदिल आलम १८ रनमा आउट भए । करण केसी ९ रनमा आउट भए । सन्तोष यादव २३ रनमा रनआउट भए ।

लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कप्तान रोहित पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रुवेन ट्रम्प्लेमानले २ तथा अभिशेष गौतमले १ विकेट लिए ।

काठमाडौंले लिग चरणमा लुम्बिनीलाई २२ रनले हराएको थियो । त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो । लिग चरणमा काठमाडौं तेस्रो र लुम्बिनी चौथो हुँदै प्ले अफमा पुगेका थिए । बुधबार साँझको खेल जित्ने टोली भोलि बिहिबार हुने खेलमा विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->