पोखरा/पोखरा महानगरपालिका वडा नम्वर २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले बुधबारदेखि तीनदिने खेल उत्सव सुरु गरेको छ ।
पढाईको साथमा विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रबाट पनि अगाडी बढाउने उदेश्यले आयोजना गरिएको खेल उत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २७ क वडाध्यक्ष पूर्णकुमार गुरुङले मानसिक रुपले स्वच्छ हुनका लागि खेलकुद अनिवार्य भएको बताए । उनले खेलले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास दिलाएका थिए ।
खेलकुद प्रतियोगितामा बिभिन्न खेलहरु समाबेस गरि सदनात्मक रुपमा पुरस्कृत गरिने भएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शंकरप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले तीन दिनसम्म चल्ने खेल उत्सवमा सबै विद्यार्थीहरुलाई समेट्ने गरि प्रायः सबै खेलहरु राखिएको वताए ।
यसैबिच सोही अवसरमा विद्यार्थीहरुलाई ब्यवसायिक सिपमुलक तालिमको पनि उद्घाटन गरिएको थियो । तालिमा विशेषगरी प्लम्विङ्ग, ब्युटिसियन, हेयर कटिङ्ग, सिलाईबुनाई र ईलेक्ट्रिकल रहेका छन् ।





