शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य

विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

पोखरा/नेपाल प्रीमियर लिग (एनपिएल) को दोस्रो क्वालिफाइ खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई १३५ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रीकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनायो ।

रुबेन ट्रम्पेलम्यान १० रनमा र अभिशेष गौतम २ रनमा अविजित रहे । लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमायो । सुवास भण्डारीको दोस्रो ओभरको अन्तिम बलमा दिनेश अधिकारी क्याच आउट हुन पुगे ।

पावर प्लेको समाप्तिसम्म लुम्बिनीले ४४ रन जोड्दा १ विकेट गुमाउन पुगेको थियो । १० औं ओभरको समाप्तिसम्म लुम्बिनीले ६९ रन जोडेको थियो । १२ औं ओभरको दोस्रो बलमा सुवास भण्डारीले कप्तान रोहित पौडेललाई आउट गरे । रोहितले ३० बलमा २ चौका २ छक्काको मद्दतमा ३४ रनको योगदान दिए । सोही ओभरको पाचौं बलमा डि आर्सी सटले जिवनदान पाए । ठूलो सट खेल्ने क्रममा प्रतिश जिसिले सहजै क्याच छुटाए ।

चौधौं ओभरको पाँचौ बलमा आर्सी सट आउट भए । सुवास भण्डारीले व्यक्तिगत तेस्रो विकेट लिदा सटले ४१ बलमा ३ चौका र १ छक्काको मद्दतमा उनले ४५ रन जोडे । सन्दिप जोरा सन्दीप लामिछानेको पन्ध्रौं ओभरको अन्तिम बल शुन्यमा आउट भए ।

प्रतिश जिसिको १६ औं ओभरको तेस्रो बलमा जे स्मिथ शुन्यमै आउट भए । सोही ओभरको अन्तिम बलमा दिलिप नाथ १ रनमा आउट भए । सन्दीपको १८ औं ओभरको पाचौं बलमा डिकवेला आउट भए । उनले २२ बलमा २९ रन जोडे । सेर मल्लले ७ रनमा आउट भए । विराटनगरका लागि सुवास भण्डारी र प्रतिश जिसिले ३÷ ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->