शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

माघमा आदर्श कप हुने

माघमा आदर्श कप हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक खेलमैदान (रंगशाला) मा २६ औँ आदर्श कप आयोजना हुने भएको छ । आदर्श क्लब प्रतियोगिताको आयोजक हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले भण्डारढिक खेलमैदानसँग आफ्नो बाल्यकालदेखिको निकट सम्बन्ध रहेको उल्लेख गर्दै यस खेलमैदानलाई वर्तमान अवस्थामा ल्याउन योगदान दिने सबैप्रति धन्यवाद व्यक्त गरे ।

क्लबका अध्यक्ष पदम गुरुङले विशेष कार्यक्रममा २६ औँ आदर्श कप २०८२ को घोषणा गर्दै स्थापना कालदेखि नै भण्डारढिक खेलमैदानमा फुटबललगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको इतिहास स्मरण गरे ।

सोही अवसरमा २५ औँ आदर्श कप २०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको थियो । संस्थाका आर्थिक संयोजक विष्णु हमालका अनुसार प्रतियोगिताबाट विभिन्न शीर्षकमा जम्मा आम्दानी ४१ लाख ७७ हजार ३०१ रुपैयाँ भएको थियो भने खर्चतर्फ ३३ लाख ९७ हजार ३७७ रुपैयाँ खर्च भएको छ । यसरी ७ लाख ७९ हजार ९२४ रुपैयाँ बचत भएको विवरण प्रस्तुत गरे ।

कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले २५ औँ आदर्श कप २०८१ मा टिकट बिक्रीबाट उठेको रकममध्ये २५ हजार रुपैयाँ लेखनाथ पत्रकार मञ्चको अक्षयकोष वृद्धिका लागि हस्तान्तरण गरिएकोमा आदर्श युवा क्लबप्रति विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, पूर्व अध्यक्ष विजय गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता मदनप्रसाद तिवारी, रोजगार प्रवद्र्धन प्रतिनिधि चन्द्रिका पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी उप–महासचिव गङ्गा मल्ल, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष चिनबहादुर गुरुङ, नवज्योति आमा समूहकी अध्यक्ष बुद्धिकुमारी गुरुङ, संयुक्त भूपू गोर्खा क्लबका अध्यक्ष जङ्गबहादुर गुरुङ, क्लबका सचिव सन्तोष गुरुङलगायत वक्ताहरूले संस्थाको प्रगति, खेलकुदको महत्व र स्थानीय खेल विकासबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->