शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनोहर क्लबले भलिबल प्रतियोगिता गर्दै

मनोहर क्लबले भलिबल प्रतियोगिता गर्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार
volleyball

पोखरा/मनोहर युवा क्लब पोखरा–१४ ले माघ संक्रान्तिको अवसर पारेर तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

क्लबको शनिवार बसेको व्यापक भेलाले प्रतियोगिताबाट बचेकोरकमले मनोहर ब्यायामशाला निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न मूल आयोजक समिति र विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

प्रतियोगिता मूल समारोह समितिका संयोजकमा मनोहर युवा क्लबका अध्यक्ष शैलेश बानियाँ चयन भएका छन्भने अन्य उपसमितिहरुमा क्रमशः संरक्षण÷जनप्रतिनिधि उपसमिति संयोजकमा वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्की, सल्लाहकार उपसमिति संयोजकमा जे.वी. कुँवर, मूल्याङकनतथा कार्य सम्पादन उपसमिति संयोजकमा ललितबहादुर बानियाँ, अर्थसंकन उपसमिति संयोजकमा मोतीबहादुर बानियाँ, प्रचारप्रसार उपसमिति संयोजकमा रामजी जिसी, निर्णायक उपसमिति संयोजकमा शिवशंकर जिसी,सचिवालय÷पुरस्कार उपसमिति संयोजकमा महेश्वर बानियाँ, अतिथि सत्कार उपसमिति संयोजकमा दिलकुमारी जिसी (लक्ष्मी), खेल मैदान व्यवस्थापन उपसमिति संयोजकमा अनुप केसी., सरसफाइ व्यवस्थापन उपसमिति संयोजकमा रेशम जिसी, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमिति संयोजकमा दीपा थापा, खेलाडी व्यवस्थापन उपसमिति संयोजकमा ईश्वर बानियाँ, प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजकमा मिलन के.सी., खाना÷खाजा व्यवस्थापन उपसमिति संयोजकमा प्रदीप जिसी, युवा तथा स्वयमसेवक परिचालन उपसमिति संयोजकमा रविन्द्र कुँवर, मन्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजकमा अनिल कार्की, सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा सविना क्षेत्री रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख हजारसहित शिल्ड मेडल र प्रमाण पत्र, द्वितीय हुने टिमले नगद ८५हजार,शिल्ड,मेडेल र प्रमाण पत्र प्रदान गरिने छ भने सेमिफाइनलमा प्रवेश गर्ने अन्य दुई टिमलाई नगद २० हजार र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष शैलेश बानियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->