पोखरा/१८ औं हिसान कास्की स्पोर्टस् मिट २०८२ बिहीबारबाट अनौपचारिक रुपमा पोखरा रंगशालामा सुरू भएको छ ।
हिसान स्पोर्टस् मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएको हिसान कास्कीका अध्यक्ष दिवाकार जैशीले जानकारी बताएका छन् ।
पहिलो दिन भलिबल छात्रतर्फ ८ खेलहरु सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिए । बिहीबार भएको खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले, न्यू ग्यालेक्सीले गण्डकी आदर्शलाई २५–१३, २५–०४ ले, पोखरा युनाइटेडले पोखरा आदर्शलाई २५–१८, २५–१३ ले, वेष्ट पोइन्टले त्रिवेणीलाई २५–२३, २५–१७ ले, युनीभर्सले बालोदयलाई २५–१४, २५–२० ले, साइनिङ स्टारले नेशनल इन्भेन्टिभलाई १३–२५, २६–२४ र २५–२० ले तथा टप्सले वेलननलाई २५–१४, २५–१४ ले पराजित गरेका छन् ।
बास्केटबल छात्रतर्फ १६ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गृरूङले जानकारी दिएका छन् ।
पहिलो दिन पोखरा रंगशाला बास्केटबल कोर्टमा भएको प्रतिस्पर्धामा लिटल फ्ल्वारले स्टेप वाइ स्टेपलाई ३१–२० ले, जुनियर सिटिजन एकेडेमीले माउन्ट अन्नपूर्णलाई ३६–३१ ले, सोसल पब्लिकले बेथानीलाई २२–१४ ले, केफले साइनिङ स्टारलाई ३८–२३ ले, न्यूलाइटले वेष्ट पोइन्टलाई २१–०९ ले, त्रिवेणीले फेवा शिक्षा सदनलाई २३–१० ले, एलएले रेन्वोलाई २७–२१ ले, मदरल्याण्डले लिटिलस्टेपलाई ३२–२७ को स्कोरमा पराजित गरेका छन् ।
रामघाटस्थित पुन समाजको कोटमा सम्पन्न खेलमा मनकामना, नव आदर्श, हिल पोइन्ट, टप्स, पोखरा युनाइटेड, शान्ती निकुञ्ज, सिर्जना र मेरीगोल्ड बिजयी भएका छन् ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यही पुु ३ गते देखि ७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते हुनेछ । स्पोर्टस मिटअन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् ।





