शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोभान कपमा उपाधि भिडन्त आज

दोभान कपमा उपाधि भिडन्त आज

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार

पोखरा/रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण सम्पन्न भएका छन् । दोभान क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलका ४ खेल सम्पन्न भए ।

पहिलो क्वाटरफाइनल खेलमा खेम माइला मेमोरियलले स्याङके गाइजलाई ५–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गर्ने पहिलो टिम बन्यो । दोस्रो खेलमा रामघाटले शिशुवालाई ५–२ गोलले हराउन सफल भयो । तेस्रो खेलमा न्यू स्टार ए ले ब्रदर्श फुटबल क्लबलाई २–१ ले हरायो ।

अन्तिम क्वाटरफाइनल खेलमा पोइमलाई न्यू स्टार बिले २–० ले हराउँदै सेमीफाइनल पुग्ने अन्तिम टोली बन्यो । पोइमले शुक्रबार नै प्रिक्वाटर अन्तरगतको अन्तिम खेलमा पोइमलाई १–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तरगत शनिबार सेमीफाइनलसंगै फाइनल खेल सम्पन्न हुनेछन् ।

पुस १ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरण कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->