शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भलिबल र बास्केटबल जारी

भलिबल र बास्केटबल जारी


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार
volleyball

पोखरा/१८ औं हिसान कास्की स्पोट्र्स मिट २०८२ अन्तर्गत भलिबल र बास्केटबलका दोस्रो दिनका खेल जारी रहँदा टेबुल टेनिस र ब्याडमिन्टनतर्फ पहिलो दिनका प्रतिस्पर्धाहरु सुरू भएका छन् ।

प्रतियोगिताअन्तर्गत छात्र बास्केटबलतर्फ पहिलो चरणका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरूङले जानकारी दिएका छन् । दोस्रो दिन शुक्रबार कक्षा ११–१२ अन्तर्गत १६ खेल सम्पन्न भए सँगै भोलीबाट प्रिक्वार्टरका खेलहरु सुरू हुने भएका छन् ।

दोस्रो दिन छात्र बास्केटबलतर्फ प्रतिभा माविले लिटिल फ्ल्वारलाई ४४–३० ले, जुनियर सिटिजनले वेलननलाई ३४–१५ ले, सिशु निकेतनले सोसल पब्लिकलाई २४–०५ ले, कास्की मोर्डनाइज्डले केफलाई ४५–३२ ले,पश्चिमाञ्चलले न्यूलाइटलाई २८–१५ ले गुरूकुलले त्रिवेणीलाई ४४–३३ को स्कोरले पराजित गरे । त्यस्तै पुन समाजको कोर्टमा सम्पन्न खेलमा न्यूग्यालेक्सीलाई शान्ती निकुञ्जलाई ३१–१० ले, फिसटेलले पोखरा युनाइटेडलाई ४४–३० ले, टप्सले ज्योतीकुञ्जलाई ३३–१६ ले, हिलपोइन्टले विएमजीलाई २०–१४ ले, बालकल्याणले नाभलाई २९–२० ले, मनकामनाले नवआदर्शलाई ४५–३२ को स्कोरले पराजित गरे ।

छात्र भलिबल कक्षा ११–१२ तर्फ दोस्रो दिन सम्पन्न पहिलो चरणका ८ खेलहरुमा मदरल्याण्ड मावि, सिर्जना, कास्की मोर्डनाइज्ड, लिटल फ्ल्वार, स्पाइरल ग्यालेक्सी, प्रतिभा मावि, माउन्ट अन्नपूर्ण र न्यू ग्यालेक्सी विजयी भएको सो खेलका संयोजक नविन बरालले जानकारी दिएका छन् ।

सम्पन्न प्रतियोगितामा मदरल्याण्डले लिटिल स्टेपलाई २५–१८, २५–२० ले, सिर्जनाले एक्स आर्मीलाई २५–१२, २५–१४ ले, कास्की मोर्डनाइज्डले २५–१८, २५–०९ले, लिटिल फ्लावरले डायनामिकलाई २५–२७, २५–२२, २६–२४ ले, स्पाइरलले डायमण्डलाई, २५–१७, २५–२२ ले, प्रतिभाले केफलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले ग्लोबललाई २५–२३, २५–१५ ले र न्यू ग्यालेक्सीले सगरमाथालाई २५–०८, २५–२० ले जित दर्ता गरे ।

यसै गरी छात्रातर्फ गुरूकुल,माउन्ट अन्नपूर्ण,सगरमाथा, मदरल्याण्ड, ग्लोबल कलेजियट र पश्चिमाञ्चल बिजयी भएको संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् ।

यस्तै उद्घाटनको पहिलो दिन छात्र÷छात्रा टेबुल टेनिस तथा ब्याडमिन्टनका प्रतियोगिताहरु समेत सुरू भएका छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम, टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डबल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् ।

निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन भने ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्सलगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।

१८ औं संस्करणको हिसान स्पोर्टस मिट यही पुस ७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->