शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हिसान स्पोर्ट्स मिट : ब्याडमिन्टन र टेबुलटेनिस सम्पन्न

हिसान स्पोर्ट्स मिट : ब्याडमिन्टन र टेबुलटेनिस सम्पन्न


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८२, सोमबार

पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटअन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका छन् भने बास्केटबल तथा भलिबलतर्फ फाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको चौथो दिन कक्षा ११–१२ (प्लस टु) ब्याडमिन्टनतर्फ समग्रमा प्रतिभा र मदर ल्याण्डले ७–७ अंक प्राप्त गरी टिम च्याम्पियन भएका छन् । त्यस्तै ग्लोबल कलेजियटले ५ अंक प्राप्त गरी उपविजेता, रेन्वो र कास्की मोर्डनाइन्डले ३–३ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे । त्यस्तै विश्वविद्यालयतर्फ ७ अंक प्राप्त गरी इन्फरमेटिक्स पहिलो हुदा, ५ अंक प्राप्त गर्दै पोखरा लिंकन दोस्रो तथा पोखरा कलेज अफ म्यानेजमेन्टले ३ अंक प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।

टेबुल टेनिसतर्फ सिर्जना मावि ७ अंकका साथ टिम च्याम्पियन हुदा प्रतिभा मावि ५ अंकका साथ उपबिजेता बनेको छ भने ग्लोबल ३ अंकका साथ तेस्रो भएको छ ।

ब्याडमिन्टन फाइनल
सम्पन्न छात्रा ब्याडमिन्टन सिंगल्सतर्फ मदर ल्याण्डकी दिलाशा रानाले ग्लोबलकी रक्षा फगामीलाई २१–६, २१–६ ले पराजित गरी स्वर्ण पदक जितेकी छन् भने डबल्सतर्फ दिलाशा र कन्चन रानामगरको जोडीले फाइनलमा ग्लोबलका रक्षा र प्राप्ति खड्कालाई २१–९, २१–१३ ले पराजित गरी स्वर्ण पदक जिते । प्रतियोगितामा कास्की मोर्डनाइज्डकी प्रजु थापा र प्रतिभाकी लिजा छुमी तामाङले तेस्रो स्थान हात पारे ।

त्यस्तै छात्र सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा मदरल्याण्डका दीप रानालाई २१–१४, २१–१५ ले पराजित गरे । छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र पवन गुरूङ, रेन्वोका रिसाल गुरूङ र किस्मत गुरूङ, कास्की मोर्डनाइन्जका रोहित श्रीष र ओजन भण्डारी तथा मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्की क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

विश्वविद्यालय छात्रा सिंगल्समा इन्फरमेटिक्सकी स्वेच्छा खड्काले फाइनलमा पिसिएमकी दीक्षा घर्तीमगरलाई २१–६, २१–१८ ले हराउँदै स्वर्ण पदक जित्दा छात्रतर्फ पोखरा लिंकनका रिजन सूर्यवंशीले फाइनलमा १८–२१, २१–१९ र २१–५ ले आफ्नै कलेजका हेप्पी गुरूङलाई पराजित गरे । छात्र सिंगल्समा इन्फरमेटिक्सकी रोनिका बुद्धाचार्य र ला ग्राण्डीकी आरती कुमारी तथा छात्रतर्फ इन्फरमेटिक्सका प्रिथक गुरूङ र विशेष बस्नेत तेस्रो भएका छन् ।

डबल्सछात्रतर्फ इन्फरमेटिक्सका प्रीथक गुरूङ र विशेष बस्नेतको जोडीले पोखरा लिंकनको हेप्पी गुरूङ र प्रकाश विकको जोडीलाई २१–१८, १९–२१ र २२–२० ले पराजित गरी स्वर्ण पदक हात पारे । पेकका अमित भण्डारी र विश्वास धिताल तथा सोचका रोहित खार्जा र अर्पित नेपालीको जोडी तेस्रो भएका छन् । यता छात्रातर्फ इन्फरमेटिक्सका रोमीका बुद्धाचार्य र स्वेच्छा खडकाको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरुले फाइनलमा पोखरा लिंकनको जोडी रेनु गुरूङ र समिक्षा कुमाललाई २१–९, २१–१३ ले पराजित गरेको छ भने पिसिएमका दिक्षा घर्ती मगर र सलिना जैशी तथा पेकका अनिषा अधिकारी र कल्पना गुरूङको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ ।

टेबुल टेनिस फाइनल
यसै गरी प्रतियोगिताको चौथो दिन सम्पन्न प्लस टु टेबुल टेनिस छात्र सिंगल्सतर्फ सिर्जनाका विशेष गौचन प्रथम, प्रतिभाका गौरव शेरचन दोस्रो, प्रतिभाकै युनिश भुजेल र ग्लोबलका अशिम घले तेस्रो भएका छन् । छात्रातर्फ सिर्जनाकी तृषा गुरूङ, सगरमाथाकी सेजल बाँनिया, सिर्जनाकी प्रजिता मुडभरी तथा मदरल्याण्डकी अनुष्का भट्टराईले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।

टेबुल टेनिस प्लस टु छात्र सिंगल्सतर्फ प्रतिभाका गौरव भुजेल र युनिश भुजेल पहिलो, सगरमाथाका सुमित कोइराला र आर्यन क्षेत्री दोस्रो, सिर्जनका रोमिक थापा र विशेष गौचन तथा ग्लोबलका अशिम घले र सार्थक सिग्देलले तेस्रो स्थान हात पारे । त्यसै गरी छात्रा डबल्सतर्फ सिर्जनाका तृषा गुरूङ र प्रजिता मुडभरी, प्रतिभाका गौरी भुजेल र सुस्मी गुरूङ, सगरमाथाका सेजल बाँनिया र राधिका जैशी तथा ग्लोबलका मन्दिरा राई र मेलिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

प्रतियोगिताअन्तर्गत सम्पन्न विश्वविद्यालयतर्फ छात्रा टेबुल टेनिस सिंगल्समा इन्फरमेटिक्सकी अविशा श्रेष्ठ, पेककी रोनिका रुम्वा, इन्फरमेटिक्सकी दावा डोल्मा गुरूङ र पेककी अनुस्का थेवे तथा छात्र डबल्सतर्फ पेकका सुवर्ण रुम्वा र मदन कार्की, त्रिवेणीका पवन खत्री तथा पिएलआइसीका सन्सार गुरूङ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् । त्यस्तै डबल्स छात्रतर्फ पेकका सूवर्ण रुम्वा र मदन कार्की, पोखरा लिंकनका संसार गुरूङ र प्रकाश विक, माउन्ट अन्नपूर्णका सिद्धार्थ खड्का र प्रवेग बस्नेत, पिसिएमका सुजन गौतम र निर्भय लिगलले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे भने छात्रा डबल्सतर्फ इन्फरमेटिक्सका दावा डोल्मा गुरूङ र अभिषा श्रेष्ठ, पेकका अनुस्का थेवे र रोनिका रुम्वा, ला ग्राण्डीका प्रतिक्षा कार्की र जेशीका गुरूङ, पिसिएमका प्रतिक्षा केसी र सजिना पौडेलको जोडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->