पोखरा/हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कूलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।
खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रेको डायमण्डले १९ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १६ रन बनाउँदै जीत पक्का ग¥यो ।
खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । प्रतियोगिताको बेष्ट बलर प्रतिभा सेकेण्डरीका साहबुद्धिन अन्सारी भए । बेष्ट बलर हिमालय बोर्डिङका आयुष पनेरु बन्न सफल भए । सर्वोत्कृष्ट खेलाडी डायमण्डका सुसांक तिवारी घोषित भए ।
प्रतियोगिताका बिजयीहरुलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, हिमालय क्रिकेट एकेडेमी प्रालिका अध्यक्ष शक्ति बराल, खेलकुद पत्रकार मञ्च झापाका भूमिका पियालगायतले, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।





