शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छैटौं टाइगर कपमा चार विदेशी क्लबको सहभागिता हुने

छैटौं टाइगर कपमा चार विदेशी क्लबको सहभागिता हुने

यस पटकको प्रतियोगितामा महिलातर्फ थाइल्याण्डका युनाइटेड प्यासन भलिबल क्लब र थाइल्याण्ड क्वीन्सको सहभागिता रहनेछ भने पुरुषतर्फ माल्दिभ्स र भारतको सहभागिता रहनेछ ।


  • ढाेरपाटन संवाददाता
  • पुष ८ २०८२, मंगलबार

पोखरा/नेपाली भलिबलको सर्वाधिक चर्चित टाइगरकपको छैटौं संस्करणको तयारी तिब्र पारिएको छ । टाइगरग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदै आइरहेको प्रतियोगिता आगामी माग ९ देखी १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुँदैछ ।

अन्तर्राष्ट्रिय स्तरमै आउटडोर भलिबलमा चर्चा पाएको टाइगरकपमा यस पटक तीन राष्ट्रका चार विदेशी क्लबको सहभागिता रहने भएको छ । प्रतियोगिता बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी क्लबमात्रै नभइ भारत र माल्दिभ्सबाट समेत रेफ्री आउनेछन् । प्यारापिटमा दर्शक क्षमता बढाउने सुनाए ।

यस पटकको प्रतियोगितामा महिलातर्फ थाइल्याण्डका युनाइटेड प्यासन भलिबल क्लब र थाइल्याण्ड क्वीन्सको सहभागिता रहनेछ भने पुरुषतर्फ माल्दिभ्स र भारतको सहभागिता रहनेछ ।

‘छैटौं संस्करणसम्म आइपुग्दा विगतका वर्षहरुमा जस्तै विदेशी टिमहरुको पनि सहभागिता रहनेछ । विदेशी टिमलाई निरन्तर सहभागिता गराउन पाउँदा हामी निकै गौरवान्वित भएका छौं’ अध्यक्ष शर्माले भने, ‘यस पटक दशर्क क्षमता समेत बढ्नेछ । हामीले कसरी हुन्छ प्रतियोगितालाई अझ आकर्षक बनाउने योजना बनाइरहेका छौं ।’

प्रतियोगिताको पुरुषतर्फ यसपटक टिपटप हेल्प नेपालको सहभागिता नहुने भएको छ । हेल्प नेपालको स्थानमा पर्वत जिल्ला भलिबल संघको सहभागिता हुनेछ । यो संगै पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुनव आर्मी क्लब, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लबको सहभागिता रहनेछ ।

भने महिला तर्फ आयोजक टाइगर ग्रुपको सहभागिता नरहने भएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुनव आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र थाइल्याण्ड क्वीन्सको सहभागिता रहने छ । यस अघि टाइगर ग्रुपको टिम सम्हाल्दै आएकी नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले एभरेष्टबाट खेल्ने छिन् । हेल्प नेपालका खेलाडीहरु पर्वत भलिबलबाट खेल्ने छन् । अध्यक्ष शर्माका अनुसार हेल्प नेपालले सहभागिता नजनाउने र त्यही क्लबका सबै खेलाडी पर्वतबाट खेल्नेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेताले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेता टिमले तीन लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट हुने खेलाडीले ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

यि पुरस्कार राशी गत वर्षको भन्दा बढि हो । संस्थाले हरेक संस्करणको पुरस्कार राशीमा वृद्धि गर्दै आइरहेको छ । यस पटक दर्शकहरुको सहजीकरणका लागि सिजनल टिकट वितरण सुरु गरिसकेको र सिजनल टिकटको मुल्य तीन हजार पाँच सय रुपैयाँ तोकिएन पनि साधारण टिकटको मुल्य अहिले नै निर्धारण नगरिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->