आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साँस्कृतिक एकता सँगै शुरु भयो बागलुङ महोत्सव

साँस्कृतिक एकता सँगै शुरु भयो बागलुङ महोत्सव


  • संगिता रेग्मी
  • पुष ११ २०८२, शुक्रबार

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन अघि बागलुङ बजारमा विभिन्न समुदायको पोशाकसहित साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केही समयमै उद्घाटन गर्दे छन् । महोत्सव बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङेचौर खेल मैदानमा हुने भएपनि व्यापारिक कारोबार हुने बागलुङ बजारलाई दुलहीझैं सिंगारिएको छ । बजारका हरेक चोकमा घडा राखेर पाहुनालाई स्वागत गरिएको छ भने ध्वजापतकाले सिंगारिएको छ ।

जिल्लाकै ठूलो मेलाको रुपमा लिइने महोत्सवलाई आर्कषक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लािग संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समिति गठन भएको छ भने अन्य क्रियाकलापलाई दुइ दर्जन उपसमिति बनेका छन् । महोत्सवमा २ सय व्यवसायिक स्टल रहने जनाइएको छ । त्यस बाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निशुल्क स्टल दिइने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->