आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुख्य इभेन्टमा सुस्मिता विजयी

मुख्य इभेन्टमा सुस्मिता विजयी


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८२, मंगलबार

पोखरा/साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् । गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन् । उनको यो एक वर्षमा नवौं उपाधि हो । तेक्वान्दोकी खेलाडी समेत रहेकी सुस्मिताले एक वर्षमा ९ वटा प्रोफेसनल फाइन जितेकी छन् । जुन प्रोफेसनल फाइटरले विरलै बनाउने गर्छन् । यस्तै एमएमए मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए ।

प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको थियो । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका थिए ।

यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले कुल २४ फाइटमा चार वटा फाइट नकआउट चरणमा हुँदा कुल ५५ हजार रुपैयाँ बोनस बाँडिएको थियो । मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको र सफलता हात पारेको उनले सुनाए ।

‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइन सम्पन्न गरायौं,’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका थियौं दर्शकको पनि राम्रो उपस्थिति रह्यो ।’

पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए । प्रतियोगितालाई पोखरा महानगरपालिका,गण्डकी प्रदेश सरकार,एक्सट्रीम ड्रिङ्क्स र किट्टो जुसलगायतले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->