शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुरुष भलिबलको उपाधि होटल समिटले जित्यो

पुरुष भलिबलको उपाधि होटल समिटले जित्यो


  • ढाेरपाटन संवाददाता
  • पुष २१ २०८२, सोमबार

बागलुङ/बागलुङ महोत्सवमा भलिवलको उपाधि होटल समिटलाई बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।

सोमबार बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिट च्याम्पियन बनेको हो ।

होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै विजयी भयो । उपाधि जितेको होटल समिटले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सोमबार भएको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दे तृतिय बनेको छ । मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको भलिवल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री ध्रुवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->