बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको आकस्मिक खोप अभियान

नवलपुरमा ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको आकस्मिक खोप अभियान


  • ढाेरपाटन संवाददाता
  • चैत्र ३ २०८२, मंगलबार

नवलपुर/गण्डकी प्रदेशको भारतसंग सिमाना जोडिएको जिल्ला नवलपुरमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेपछि आकस्किम अभियानका रुपमा खोप अभियान सुरु सञ्चालन गरिएको छ । अभियान अन्तर्गत ३५ वर्षमाथिका नागरिकलाई खोप दिइएको छ ।

यही चैतको पहिलो दिनदेखि जिल्लाभर जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईँले बताए । उनका अनुसार अभियानअन्तर्गत एक लाख ४५ हजारलाई खोप लगाउने लक्ष्य राखिएकोमा आइतबार र सोमबार ४८ हजारलाई खोप लगाइसकिएको छ । चैत ५ गतेसम्म अभियान चल्नेछ । त्यसबाहेक छुटेकालाई खोजेर खोप लगाइनेछ ।’

चालु आर्थिक वर्षको साउन देखि कात्तिकसम्ममा जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १३ जना सङ्क्रमित भेटिएका र ६ जनाको मृत्यु भएकाले खोप अभियान सञ्चालन गर्नुपरे्को चापागाईंले बताए । ‘सङ्क्रमणदर बर्सेनि बढ्दै जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो’, उनले भने, ‘अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।’

कार्यालयका अनुसार नवलपुरमा आर्थिक वर्ष २०७९÷०८० मा ७ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । प्रमुख चापागाईँका अनुसार जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउनदेखि कात्तिकसम्म जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ । कात्तिकमा धान काट्ने बेलामा पनि यो बढी देखिन्छ ।

विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुने गरेको तथ्याङ्क छ । यसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->