बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओठे भाषण अनि शिक्षा सुधारका कुरा !

ओठे भाषण अनि शिक्षा सुधारका कुरा !

एउटा आधारभुत मानकबाट प्रशिक्षित व्यक्तिले कुन स्तरको योग्यता र दक्षता प्रस्तुत गर्न सक्छ भन्ने कुरा समबन्धित बिषयमा दिक्षित बिशेषज्ञताले देखाउँछ ।


  • टिका बहादुर कार्की
  • बैशाख १८ २०८३, शुक्रबार

मालिकलाई खुसी पार्न ज्युहजुर सहित ओठेभक्ती र जनतालाई सन्तुष्ट पार्न भाषण ! यो समय लगभग समाप्त भयो । बिपद र इमर्जेन्सीमा थोरबहुत राहत सहयोग सहित सेलीब्रेटीको ट्याग लगाउने महत्वकांक्षा बाहेक हामीलाई शैक्षिक जगतको दीर्घकालीन सोंच र योजनाको कति महत्व छ भन्ने कुरा निरन्तरता र अनिवार्यताले बताउँछ ।

शिक्षा निरन्तरताबीच परिबर्तनसिलता, सामन्जस्यता सहित स्वीकार्यता र प्रयोगवादीताको अनिवार्य तत्व नमानी सुखै छैन । तर, कुनै अल्पज्ञानीले दिएको ओँठे भाषण र हालसम्मको अकर्मण्यताबाट मात्र शिक्षामा सुधार र बिकास कति संभव छ ? भन्ने कुरा यो लेखमा समावेस गर्न खोजिएको छ ।

सन्दर्भ शिक्षा एक यस्तो जबर्दस्त मेरुदण्ड हो जसको माध्यमबाट बिधार्थीले शिक्षकसंग अभिभावकले सिकाएका कुरा र अभिभावकसंग शिक्षकले सिकाएका कुरा बुझाएर प्रस्तुत गर्दै सैद्धान्तिक र व्यबहारिक अवस्थाको ज्ञान लिन्छन् । एउटा आधारभुत मानकबाट प्रशिक्षित व्यक्तिले कुन स्तरको योग्यता र दक्षता प्रस्तुत गर्न सक्छ भने समबन्धित बिषयमा दिक्षित व्यक्तिको बिशेषज्ञताले अझ राम्रो नमुना प्रस्तुत गर्न सक्छ ।

जेनेरेसन ग्याप हुन नदिन शिक्षाबिधी, प्रबिधी र प्रशासनिक प्रकृया कसरी चलीरहनुपर्छ ? पाठ्यक्रम बिकास, पाठ्यसामाग्री बिकास, तयारी र परिक्षण अनि अन्तिम स्वीकृतीका लागी श्रोतसाधन र आर्थिक श्रोत सुनिश्चित र सर्बसुलभ हुनुपर्छ भन्ने बिषय निरन्तर चलिरहनु पर्छ । शिक्षण सिकाइको कुनैपनि कुरामा जेनेरेसन ग्याप सृजना हुनु हुदैन, जो जेन्जी मुभमेन्टबाट हठात सक भएको देशको शासन सत्ता, व्यबसाय र सर्बसाधारणको मनस्थिति पुन नदोहरियोस ।

दक्ष शिक्षक सहित श्रोतसाधनको व्यवस्था, बिज्ञ, प्राबिधिक तथा प्रशासनिक क्षेत्रका दक्ष व्यक्तिको संलग्नतामा आवश्यक पाठ्यक्रम निर्माण, परिमार्जन तथा परिक्षणका लागी बिषय शिक्षकको सहभागीतामा अभ्यास र नयॉ शैक्षिक बर्षबाट शिक्षण संचालनका लागी संबन्धित बिषय शिक्षकलाई तालीम कार्यक्रम समपन्न भएपछिमात्र नयॉ र परिमार्जित शैक्षिक कार्यक्रम चालु हुन कम्तिमा १ बर्ष लाग्छ । शिक्षालाई ढिला गर्नु पनि नहुने, तत्कालको आकस्मिक परिवर्तनबाट पनि समसामयिक परिणाम नआउने हुँदा आवधिक रुपमा परिमार्जन सहित निरन्तर संचालनमा अवरोध हुन नपाउने गरी केही लचिलो कानुनी व्यवस्था हुनु समयको माग हो ।

शिक्षा र सुरक्षामा कुनै पनि ग्याप हुन नदिन आवश्यक जनशक्ती र श्रोत साधन जस्तो आधारभुत व्यवस्थापनमा ऑखा चिम्लिन हुदैन । देशभर कतिपय बिद्यलय प्रधान अध्यापकसम्म अस्थायी र न्युन योग्यता भएका शिक्षकबाट संचालित छन् । आफ्नै भबिष्यको ग्यारेन्टी नभएका गुरुहरुबाट जेनतेन चलिरहेको सामुदायिक बिद्यालय र कलेजको अवस्था अनुगमन र मुल्याङ्कन एवं सुधारको अपेक्षा सहित धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->