स्याङ्जा / पुतलीबजार–३ का कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतलीबजार प्रज्ञा–सम्मानले सम्मान गरिएको छ । पुतलीबजार प्रज्ञा–प्रतिष्ठान स्याङ्जाले कला, साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।
सम्मानित श्रेष्ठले हाल सम्म पाँच वटा कृति प्रकाशन गरेका छन् । साहित्य, कला, पर्यटन तथा आर्थिक क्षेत्रमा योगदान पु¥याएका श्रेष्ठले यस अघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिला कुमारी सहित्य पुरस्कार प्राप्त गरेका थिए । प्रकाशित कृतिमा दुई वटा कविता संग्रह, एक कथा संग्रह र दुई वटा पर्यटनसँग सम्बन्धित पुस्तक रहेका छन् ।
प्रतिष्ठानले श्रेष्ठ सहित पुतलीबजार–७ का समालोचक असफल गौतम र पुतलीबजार–१४ की लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई समेत पुतलीबजार प्रज्ञा–सम्मानले सम्मान गरेको हो । उनीहरुलाइ जनही २० हजार नगद, सम्मानपत्रले दोसल्ला ओडाएर प्रज्ञा–सम्मान प्रदान गरेको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले बताए ।
स्रस्टालाइ पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले सम्मान गर्दै प्रज्ञा–प्रतिष्ठान स्थापनाकालदेखि स्रष्टा र सिर्जना कर्मको सम्मानमा नगरपालिका लाग्दै आएको र निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पुर्वमन्त्री त्रिलोचन ढकाल, प्रतिष्ठानका उपकुलपति दुर्गा बहादुर शाह, कविहरू मदनराज थापा, चिन्तु गिरी, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी काफ्ले, सूर्यप्रसाद खनाल, मोतीप्रसाद अधिकारी, राजेन्द्र थापा, चण्डीप्रसाद सुवेदी, पुष्पराज अधिकारी, अदिती गैरे, सुशान्त रेग्मी, भेनाज वेगम, प्रकाश खनाललगायतले रचनावाचन गरेका थिए ।





