बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी आदर्शमा अभिमुखीकरण

गण्डकी आदर्शमा अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

पोखरा/पोखरा–१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए ।

विद्यालयकी प्रिन्सिपल मञ्जु सापकोटाले विद्यालयले एसइई र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्नुका अलावा जीवनोपयोगी सीप र नेतृत्व क्षमता विकासमा ध्यान दिएको बताइन् । विद्यालय र अभिभावकबिचको सहकार्यले मात्र विद्यार्थीको सफलता सम्भव हुने बताइन् ।

कक्षा १२ का विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा कक्षा ११–१२ की संयोजक वर्षा गुरुङ, शिक्षक अखिलेश्वर भण्डारी, कक्षा १२ की छात्रा स्वेच्छा विश्वकर्मा, कक्षा ११ की छात्रा दीपिका भुजेललगायतले बोलेका थिए । कक्षा १२ का साजन सुनार र विद्या गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->