मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीको भुरुङ तातोपानीमा मृत भेटिए होटलका मजदुर

म्याग्दीको भुरुङ तातोपानीमा मृत भेटिए होटलका मजदुर

मेचीनगर नगरपालिका-१५ स्थायी घर भई हाल भुरुङ तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा सरसफाइको काम गर्दै आएका ५३ वर्षीय कमल प्रसाद रिमाल सडकको नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

म्याग्दी / उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीस्थित बेनी–जोमसोम सडकखण्डको सडक नालीमा होटलका मजदुर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो साढे दुई बजे झापाको मेचीनगर नगरपालिका-१५ स्थायी घर भई हाल भुरुङ तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा सरसफाइको काम गर्दै आएका ५३ वर्षीय कमल प्रसाद रिमाल सडकको नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

स्थानीयबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भुरुङ तातोपानी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अपराध स्थल अनुसन्धान टोलीसहितको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->