मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीको गलेश्वरमा घटे भक्तजन

म्याग्दीको गलेश्वरमा घटे भक्तजन

वृहस्पति अन्ध रहेको अवधिमा दर्शन, पूजा–अर्चना, जलाभिषेक र व्रत बस्न कुनै रोकावट हुँदैन


  • ढाेरपाटन संवाददाता
  • साउन १३ २०८३, बुधबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.8.2.W20; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा रहेको गलेश्वर धाममा यस वर्षको साउन महिनामा भक्तजनको चहलपहल कम देखिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र गलेश्वरमा वृहस्पति अन्ध रहेको अवधिमा शुभ कार्य गर्न नहुने भन्ने धार्मिक मान्यतालाई लिएर भक्तजन कम भएका हुन् ।

दर्शनसमेत गर्न नहुने भन्ने भ्रमका कारण भक्तजनको संख्या घटेको हो । गलेश्वर धामका मूल पुजारी चन्द्रमणि आचार्य वृहस्पति अन्ध भएको समयमा विवाह, व्रतबन्ध, यज्ञ तथा अन्य शुभ कार्य गर्न धार्मिक ग्रन्थले निषेध गरे पनि भगवानको दर्शन, पूजा–अर्चना, जलाभिषेक र व्रत बस्न कुनै रोकावट नहुने बताउँछन् । साउन महिना शिवको अत्यन्त प्रिय महिना भएकाले यस अवधिमा शिवको आराधना, रुद्राभिषेक, बेलपत्र चढाउने तथा जल चढाउनु विशेष फलदायी मानिन्छ ।

‘बृहस्पति अन्ध भएकै कारण मन्दिरमा दर्शन गर्न हुँदैन भन्ने भ्रम फैलिएको छ, आचार्यले भने, ‘धार्मिक शास्त्रमा भगवानको दर्शन र पूजा–अर्चना गर्न कुनै निषेध गरिएको छैन । बरु साउन महिनामा शिवको आराधना गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ ।’ कालीगण्डकी र रघुगंगा नदीको संगममा अवस्थित गलेश्वरधाम नेपालको प्रख्यात शिव धाममध्ये एक मानिन्छ ।

श्रीस्वस्थानी व्रतकथा हिमवतखण्ड लगायतका धार्मिक ग्रन्थमा समेत उल्लेख गरिएको यस धामलाई शक्तिपीठका रूपमा पनि श्रद्धापूर्वक पूजा गरिन्छ । धार्मिक मान्यता अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर ब्रह्माण्ड परिक्रमा गर्ने क्रममा सतीको गला (घाँटी) यस स्थानमा पतन भएकाले यसको नाम गलेश्वर रहन गएको विश्वास गरिन्छ ।

गलेश्वर धाममा रहेको प्राकृतिक शिलामाथि अवस्थित शिवलिंग विशेष आकर्षणको केन्द्र हो । ९ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको यो शिवलिंग देश–विदेशका भक्तजनका लागि श्रद्धाको केन्द्र हो । विशेषगरी साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशी तथा तीजका अवसरमा यहाँ हजारौं श्रद्धालुको भीड लाग्ने गर्दछ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाका अनुसार साउनको दोस्रो सोमबार भक्तजनले चढाएको भेटी गणना गरी बेनी स्थित गरिमा विकास बैंकमा दाखिला गरिएको छ । पहिलो सोमबार करिब २ लाख रुपैयाँ भेटी संकलन भएको गलेश्वरधाममा दोस्रो सोमबार पनि सोही हाराहारी रकम संकलन भएको उनले जानकारी दिए । भक्तजनको संख्या केही घटे पनि धार्मिक आस्थाका साथ दर्शन गर्ने क्रम भने निरन्तर छ ।

गलेश्वर शिवालय क्षेत्र परिसरमा निर्माण गरिएका १०८ शिवलिंग भक्तजनका लागि अर्को प्रमुख आकर्षण बनेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनको अगुवाइमा चन्दा तथा सहयोगबाट संकलित करिब साढे १३ लाख रुपैयाँमध्ये साढे ७ लाख रुपैयाँ खर्च गरेर शिवलिंग निर्माण गरिएको थियो ।

साउन महिनामा जल चढाउने, दीप प्रज्वलन गर्ने तथा शिव आराधना गर्ने भक्तजनका लागि यो स्थल थप आकर्षक बनेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र मन्दिर व्यवस्थापन समितिले बृहस्पति अन्धको भ्रममा नपरी साउन महिनाभर भगवान शिवको दर्शन, पूजा–अर्चना र जलाभिषेक गर्न भक्तजनलाई आग्रह गरेका छन् ।

शास्त्रले निषेध गरेका कार्य र दैनिक पूजा–दर्शन फरक विषय भएकाले गलत बुझाइका कारण धार्मिक लाभबाट वञ्चित नहुन अनुरोध गरिएको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अनुपम संगमका रूपमा रहेको गलेश्वरधामले म्याग्दीको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । साउन महिनामा मात्र नभई वर्षभरि नै देशका विभिन्न जिल्लासहित भारतका विभिन्न स्थानबाट समेत भक्तजन दर्शनका लागि यहाँ आउने गरेका छन् ।

२०८२ सालका चार वटा सोमबारमा झण्डै १७ लाख रुपियाँ भेटी जम्मा भएको थियो । गत वर्ष साउनका चार वटा सोमबार गरी१६ लाख ९८ हजार पाँच सय २९ रुपियाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव मदन खत्रीले जानकारी दिए ।

गत सालको पहिलो सोमबार ३ लाख ९४ हजार ८ सय २७, दोस्रो सोमबार ३ लाख ८७ हजार ७ सय २४ रुपियाँ संकलन भएको थियो । तेस्रो सोमबार भक्तजनले चडाएको रकम ४ लाख ३८ हजार दुई सय ८५ रुपियाँ र चौथो सोमबार ४ लाख ७७ हजार छ सय ९३ रुपियाँ रकम संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->